logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुमारीपाटीमा कामना सेवाकोे १०० औं शाखा


  • जन आकाश
  • बुधबार, कार्तिक १३ २०७६

 



कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ललितपुर ्िजल्ला ललितपुर महानगरपालिका वडा नं. २० स्थित कुमारीपाटीमा कार्तिक ०८ गते आफ्नो १००औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका अध्यक्ष सुदिप आर्चाय तथा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो । १०० औं शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरिएको थियो

प्रमुख अतिथि शिवराज श्रेष्ठले शुभकामना मन्तव्य दिनु हुदै बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी सवल बैंक बन्न सफल भएकोमा कामना सेवा बैंकको प्रशंसा गर्नुभएको थियो । त्यही अबसर पारेर बैंकले स्वर्णिम सुरक्षित बचत खाताको अपार सफलता पछि समय सापेक्ष व्यवसाय प्रवर्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै त्यसै दिनदेखि लागू हुने गरी विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुरुवात समेत गरेको थियो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त योजनाको शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पार्नु भएको थियो ।
बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक चतुराखर अधिकारीले स्वागत तथा संस्थापक कृष्ण आचार्य र बैंकका सञ्चालक भिम प्रसाद तुलाचन शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बैंकका कानून विभाग प्रमुख डिपी भट्टराईले गर्नु भएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै १०० वटा शाखा तथा ४९ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Latest Internet Banking and Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend