जन आकाश
चितवन चितवनकी समाजसेवी कल्पना बुढाथोकिले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर आश्रममा रहेका बृद्धाबृद्धाहरुलाइ भाइटीकाको दिन फलफुल बितरण गरेर उदारणीय काम गरेकी छन् ।आमा कल्पनाले जापानमा रहेकि छोरि कोपिलाको जन्म दिनको अवसरमा रोटरि कलब जापानकि अभियान्ता कोपिला बुढाथोकिलाई अझै समाजसेवा गर्ने प्रेरेणा मिलोस् भन्दै ,आमा कल्पना बुढाथोकिले तिहारको अबसरमा मानव सेवा आश्रममा रहेका बृद्धाबृद्धा आमाबुवाहरुलाई फलफुल खुवाउने काम गरेकि हुन्। मानव सेवा नै धर्म हो । सबैले नैतिक जिम्मेवारी बहन गनुपर्छ सपना सबैले देखछन् तर समाज सेवा गर्न सजिलो भने नभएको बुढाथोकीले बताईन् मानव सेवा आश्रामकी स्वयम सेविका रुपाले कल्पना बुढाथोकीले गरेको सहयोगप्रति धन्यवाद ब्याक्त गरेकी थिइन भने कल्पनाले स्वम सेविका मानव आश्रमकी रुपाको यो आश्रममा दैनिक ७० भन्दा बढी बृद्धाबृद्धाहरुलाइ सेवा गर्नु सामान्य नभएको भन्दै रुपाको सामाजिक कार्यलाइ कल्पनाले प्रशंसागरेकी थिइन । ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend