जन आकाश
मोहन पोखरेल÷सुरेश कुमार अधिकारी
चिवतन । वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा शुरु गरिएको छ । सरकारी स्वामित्वमा रहेको यस अस्पतालमा यस अघि क्यान्सरका बिरामीले शुलभ स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । बिरामीलाई यहाँका डाक्टरहरुले आफ्ना निजी अस्पतालमा रिफर गरी चर्को स्वास्थ्य शुल्क असुलेर सरकारी स्वास्थ्य सेवामा बाधा पु¥याउँदै आएका थिए । सरकारी समन्वयमा अस्पताल प्रशासनले ढिलै भएपनि स्वास्थ्य सेवालाई विस्तार गर्ने कार्यलाई निरन्तरता दिन लागेकोले बिरामीले राहत पाउने भएका हुन् । अस्पताल प्रशासनको बिरामी मैत्री यस कदमलाई प्रशंसनीय मानिएको छ । मंसीर १ गते आइतबारबाट शुरु गरिएको क्यान्सर अस्पतालको विस्तारित स्वास्थ्य सेवा निरन्तर चलिरहने र बिरामीलाई अतिरिक्त शुल्क बुझाएर भएपनि स्वास्थ्य लाभ लिने
व्यवस्था गरिएको छ । बिरामीले यस अघि पालो नपाएर निजी अस्पतालमा भर्ना हुनुपर्ने बाध्यात्पक अवस्था थियो । विस्तारित स्वास्थ्य सेवाका लागि दिउँसो २ः३० बजेबाट टिकट काटिने व्यवस्था मिलाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार विहान ७ः०० बजेबाट दिउँसो २ः३० बजेसम्म बहिरङ्ग टिकट र त्यसपछि स्वास्थ्य सेवाको विस्तारित टिकट प्रणाली शुरु हुनेछ । रेडियोलोजि र प्याथोलोजीमा थप शुल्क नलाग्ने र विस्तारित सेवाको सुविधा अनुसार रेडियो थेरापीमा २५ प्रतिशत बढी शुल्क लाग्नेछ ।
४५ हजारमा शल्यक्रियाको विस्तारित सेवा प्राप्त हुने र निजी अस्पतालमा २ लाख सम्म शुल्क खर्च लाग्नेछ । अस्पताल सञ्चालनमा आएका बखत यहाँका कर्मचारी र चिकित्सकलाई आकर्षक तलब सुविधाको प्याकेज सुनाइएको थियो । विचमा धेरै प्रशासनमा कार्यरत कर्मचारी र चिकित्सकहरु सेवा सुविधाबाट वन्चित भएको गुनासो आएको र त्यसपछि चिकित्सकहरुको लस्करले निजी अस्पताल खोलेको चर्चाको विषय बनेको छ । हाल चौविसकोठी देखिको दायाँ बायाँ मालपोत चोक एरियासम्म १०० को हाराहारीमा निजी अस्पताल खोलिएका छन् । जसबाट क्यान्सर अस्पतालमा बिरामी प्रदान गरिने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ ।
क्यान्सर अस्पताल धेरै वर्ष अघिदेखि राजनीतिक ग्रसित बन्दै आएको छ । योग्य र यसको अनुगमन र निरीक्षण निरन्तर रुपमा गरिनुपर्ने हुन आउँछ । क्यान्सर अस्पताल दक्षिण एशियाकै नमुना अस्पताल हो । मित्रराष्ट्र चिनले भौतिक र अन्य प्राविधिक सामाग्रीले भरिपूर्ण गराएको अस्पताल भएकाले यसको राज्यले गम्भीर रुपमा ध्यान दिन जरुरी देखिएको अवस्था छ । यसको प्रयोजनका लागि क्यान्सर अस्पताल राजनीतिबाट मुक्त हुन जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend