जन आकाश
जनता बैंक नेपाललिमिटेडको दशौंवार्षिक साधारणसभा २०७६मंसिर २ गते सोमवार सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न भएको छ ।
दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चितमुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुनआउने रकम रु. ९६,००,९४,३१०.९४ ( अक्षरेपी छयानब्बे करोड चौरानब्बे हजार तीन सय दश बाराबरको लाभाँश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँश मध्ये ६ प्रतिशत बोनश शेयर तथा ६ प्रतिशत नगद लाभाँश दिनेछ भनि उल्लेख गरिएको थियो
सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदानप्रदान अनुपात कायम हुनेगरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरुको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।
शेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेकोछ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । भनि ग्रहकहस्लाइ जानकारी गराइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend