जन आकाश
काठमाडौं । यही मंसीर १४ गते देशभरी रिक्त रहेका पदहरुको लागि निर्वाचन आयोगले उपनिर्वाचन गर्दैछ । त्यस निर्वाचनमा नेपालको ऐतिहासिक झापा विद्रोहका नेतृत्व गर्नुभएका सिपी मैनालीले नेतृत्व गरिरहेको नेकपा (माले) पार्टीले प्रदेश सभासदहरुको पदमा प्रभावशाली र दरा उम्मेद्धारहरु प्रतिस्पर्धामा उतारेको छ । भक्तपुर जिल्लाको क्षेत्र नं. १ को प्रदेश क मा सुदर्शन लामिछाने, दाङ जिल्लाको क्षेत्र नं. ३ को प्रदेश ख मा हरिप्रसाद डाँगी, कास्की जिल्लाको क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा टेकनाथ भण्डारी, सुनसरी जिल्लाको उपमहानगरपालिकाको मेयरमा एकराज सुब्बालाई प्रतिस्पर्धाको लागि मैदानमा उतारी सकेको नेकपा (माले) पार्टी कार्यालयले जनाएको छ ।
नेकपा मालेले वडा अध्यक्षहरुमा र बाँकी रहेका उपाध्यक्ष पदहरुमा उम्मेदवार उठाएको छैन । विगतमा सबै क्षेत्रमा छरिएर चुनावमा भाग लिँदा जनशक्ति र प्रचार प्रसारको कमी हुँदा पार्टीले धेरै नराम्रोसँग हार व्यहोर्नु परेको घटनालाई मध्यनजर गरेर खासखास क्षेत्रमा केन्द्रीत हुनेगरी उम्मेदवार चयन गरेको नेकपा माले पार्टीको केन्द्रीय सल्लाहकार चन्द्र उप्रेतीले बताउनु भएको हो । यतिबेला नेकपा मालेका केन्द्रीय कमिटी भन्दा माथिका सबै नेताहरु विभिन्न चुनावी क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनका लागि हँसिया तारा चिन्हमा मतदान गरौं भन्दै घरदैलो कार्यक्रममा रहेको पार्टी कार्यालयमा रहेका चन्द्र उप्रेतीले जानकारी दिएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend