जन आकाश
मोहन कार्की
भक्तपुरमा कुमार बेलबासेको र्निदेशन ।
आज नेकपा माले पार्टी भक्तपुरले उप र्निर्वाचनको लागि आफ्नो धाराण सहित घरदैलो कार्यक्रम गरेको छ । भक्तपुर उपनिर्वाचन उप परिचालन कमिटीद्धारा आयोजित कार्यक्रममा उम्मेद्धार सुदर्शन लामिछानेको अगुवाइमा च्यामासिंह ताथली लगायत ठाउहरुमा कार्यक्रम गरेर जनतालाइ आफ्नो धाराण राखेका थिए पार्टीको केन्द्रवाट गएका बिभिन्न केन्दीय सदस्यहरुले रािष्ट्रयताको रक्षा र राष्ट्रिय स्वतन्त्रताको लागि साथै सुशानको लागि नेकपा मालेलाइ हशिया तारामा भोट हाली भक्तपुर क्षेत्र न. १ क का प्रदेश उम्मेद्धार सुदर्शन लामिछानेलाइ जिताउन आग्रह गरेका थिए ।
दाङमा नेकपा मालेका महासचीवको सम्बोधन ।
त्यसैगरी आज नै दाङको तुलसीपुरमा नेकपा मालेका माहासचीव सिपी मैनालीको प्रत्यक्ष उपस्थितिमा वडा न. ११ मा कोणसभा साथै घरदैलो कार्यक्रम गरी दाङ क्षेत्र न ३ ख का प्रदेश सभासदका उम्मेद्धार हरिप्रसाद डागीलाइ मतदान गर्न त्याहाका जिल्ला पार्टीका नेताहरु, स्थानीय पार्टीका सदस्यहरु केनद्रवाट गएका नेकपा मालेका नेतागणहरुले कार्यक्रमलाइ सम्वोधन गरेका थिए । उनिहरुले हरि प्रसाद डागीलाइ हशिया तारामा मतदान गरी अत्याधिक मतले बिजय गराउन अनुरोध गरेका थिए ।
कास्कीमा शंकर पोखेलको सम्बोधन
कास्की क्षेत्र न. २ मा प्रतिनिधिसभा सदस्यका उ्रम्मेद्धार टेकनाथ भण्डारीलाइ जिताउन कास्की जिल्ला कमिटी तथा उपनिर्वाचन परिचालन संयोजक होमनाथ गिरीको नेतृत्वमा वाडन. ९ र ११ मा कमश घरदैलो कार्यक्रम गरेको छ ा नव प्रभात मा. बि. तुलसीघाट र शिवसक्ति मा.बि ११ मा साथै साहारा आधारभुत बिद्ययालय तथा बसपार्क एरियामा घरदैलो कार्यंक्रम गरिएको नेकपा मालेका केन्द्रीय सदस्य शंकर पोखेलले जानकारी दिएका हुन् ।
धरानमा खगेन्द्र प्रसाइकोे सम्बोधन ।
धरानमा उपमहाजगरपालिकाका मेयरका उम्मेद्धार एकराज सुब्बालाइ चुनाव प्रचार प्रसारमा सहयोग गर्न नेकपा मालेका पोल्टी ब्यूरो सदस्य खगेन्द्र प्रसाइको नेतृत्वमा धरान उपमहानगरपालिकामा ब्यापक घरदैलो कार्यक्रम गरिएको हाम्रा सुनसरी संवाददाता आशाराम मुडभरीले जानकारी दिएका छन् ।
यो उपनिर्वाचनमा नेकपा मालेले आफ्नो उपस्थिति र चुनावी माहोल राम्रो देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend