जन आकाश
कास्की कास्की क्षेत्र न. २ को लागि हुन लागेको उप निर्वाचनमा नेकपा – मालेले घर दैलो कार्यक्रमलाइ तिब्रता दिएको छ । निरन्तर बिभिन्न वडाहरुमा जनतासँग सात्क्षातकार गदै नेकपा मालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका उम्मेद्धार टेकनाथ भण्डारीलाइ जिताउन यतिवेला कास्की जिल्ला कमिटी नेकपा मालेका संयोजक होमनाथ गिरीको अगुवाइमा ब्यापक घरदैलो कार्यक्रम भइरहेको पोखरावाट हामीलाइ जानकारी प्रप्त भइरहेको छ ।
हिजो मालेपाटन, झारीपाटन, चिप्लेढुङगा, लगायत क्षेत्रमा घर दैलो तथा ¥याली गरेको र आज मान पोखरी, र्निमल पोखरी क्षेत्रमा घर दैलो कार्यक्रममा पार्टी रहेको केन्द्रीय निर्वाचन परिचालन निर्देशानलय कमिटीका सदस्य डम्बर श्रेष्ठले जानकारी दिनुभएको छ । भने भोलि बिभिन्न ठाउहरुमा कोणसभा ¥याली प्रचार प्रसार गर्ने र यही मंसिर ८ गते भब्य जनसभा गर्ने तयारी रहेको र उतm जनसभा पोखराको पृथ्विचोकमा नेकपा मालेका महासचीव सिपी मैनालीद्धारा जनसभालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको पनि जानकारी गराउनु भएको हो ।
यतिवेला उपनिर्वाचनको लागि नेकपा माले उत्साहका साथ चुनावी मैदानमा देखिन्छ २०७४ को निर्वाचनवाट ब्यहोरेको पराजयले नेकपा मालेले पाठ सिकेको भान हुनेगरी कार्यक्रमहरु अगाडी बढाएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend