जन आकाश
मोहन कार्की
काठमाडौं
२०७६÷०८÷०६गते शुक्रबार अपरान्ह २ः ०० बजे बोलाईएको प्रभु बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको बैंकको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७५÷०७६को वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, १८ औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७५÷०७६को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।
सम्पन्न बैंकको १८ औं वार्षिक साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७५÷७६को मुनाफाबाट गत आ.व. २०७५÷०७६ मा
कायम चुक्ता पूँजीको १६प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । १८ औं वार्षिक साधारणसभाले संस्थापक समूह तर्पm कायम रहेको ५५प्रतिशत र सर्वसाधारण समूहतर्पm कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन÷परिवर्तन गरी संस्थापक समुहतर्पm ५१ प्रतिशत र सर्वसाधारण समूहतर्पm ४९प्रतिशत शेयर स्वामित्व कायम हुने गरी बैंकको जारी चुक्तापूँजीको संरचना संशोधन÷परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ा बैंकको सञ्चालक समितिमा शेयर स्वामित्वको आधारमासंस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेका छ । त्यसैगरी अन्य बैंक वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व कारोबारको मुल्याँकन९म्गभ म्ष्ष्निभलअभ ब्गमष्त म्म्ब्०गर्न मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्ती गर्ने अन्य बैंक वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदानगर्ने निर्णय समेत पारित गरेको बैकले जनाएको छ ।
१८ औं वार्षिक साधारणसभाले १६प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे पश्चात् बैंक लि.को चुक्ता पूँजी रु. १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयहरु सहित देशभर पैmलिएको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाखभन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक लि. ले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आप्mनो सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरी सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्ने प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाईरहेको बैकले जनाएको छ । १८ औं वार्षिक साधारण सभाको अवसरमा प्रभु बैंकको उत्तरोत्तर उन्नती प्रगतिको शुभेच्छा प्रकट गर्नुहुँदै प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने शेयरधनी लगायत सम्बन्धित सबैलाइ बैकका कार्यकरी प्रमुख अशोका सेरचनले धन्यवाद ब्यातm गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend