जन आकाश
काठमाडौं नेपाल यस्तो देश हो जाहा आफ्नो देशको भुभागको रक्षा गर्नको लागि आवाज उठाउदा आफ्नै नागरिक माथि भाटा र बुट बर्साउछ भने समाचार संकलनार्थ गएका पत्रकारहरुमाथि भाटा र उनिहरुले प्रयोग गर्ने साधनलाइ तोडफोड गरेर क्षति पु¥याउछ । त्यस्तै पछिल्लो उदारण हिजो भारतीय दुतावास घेराउको समाचार संकलन गर्न गएका खबर ब्रेकिङ डटकमका पत्रकार वीपि पोखरेल माथी पनि प्रहरीले त्यस्तै ज्यादती गरेको थियो । दुतावास घेराउ सम्बन्धीे समाचार संकलनमा खटिएका पत्रकार पोखरेल माथी दुतवास घेराउ गर्न जाँदै गर्दा दरबारमार्ग अँगाडी लाठी चार्ज गर्दा पत्रकार पोखरेलले बोकेको क्यामरा फुटेको थियो भने उनीलाई पनि चोट लागेको थियो ।
अधिवक्ता स्वागत नेपाल संयोजक रहेको स्वतन्त्र नेपाली नागरिक अभियान लगायतका संस्थाले आयोजना गरेको दुतावास घेराउ कार्यक्रममा जाँदै गर्दा दरबारमार्ग स्थिती नारायणहिटी संग्राहलय अगाडी प्रहरी संग झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले अन्धाधुन्दा लाठी चार्ज गर्दा पत्रकार सहित फुटपाथमा पैदल यात्रा गरेका केही सर्वसाधारण पनि घाइते भएका थिए । प्रहरी ज्यादतीको घोर भत्सर्ना गदै बिभिन्न सञ्चार माध्यमहरुले निन्दा गरेका छन् भने स्वतन्त्र बिचार स्वतन्त्र रुपमा समाचार संकलन गर्ने आम सञ्चारको मोलिक हकमाथि प्रहार भएको छ जसको जति निन्दा गरे पनि कम हुन्छ । सो घटनालाइ लिएर सञ्चारमाध्यमहरुले बिरोध जनाउदै आगामी दिनमा त्यस्ता गतिविधी नदोहो¥याउन पनि प्रहरी प्रशासन सँग जोडदार माग गर्दछ ।प्रहरीको लाठि चार्जबाट क्यामरा क्षतीग्रत भएको हुँदा क्षतीपूर्ती दिन पनि जोडदार माग गर्दछौँ भनि बिभिन्न सञ्चारमाध्मले जनाएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend