जन आकाश
काठमाडौ
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।
स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष, युनाईटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्स लिामिटेडमा ८ बर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंक लि. (हाल जनता बैंक लि.) मा ६ बर्ष र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ बर्ष कार्य गरेको लामो अनुभवी शरण रेग्मीलाइ जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मिति २०७६ साल मंसीर १० गते देखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको उतm कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend