logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ को खाता योजना कार्यक्रम


  • जन आकाश
  • बिहिबार, मंसिर १२ २०७६

 



काठमाडौं मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ÷संस्था, विभिन्न व्यापार÷व्यवसायका छाता संगठनहरु, प्रचलित कानुनब मोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ÷संस्था तथा विषयगत सहकारी संघ÷संस्था लगायत अन्य संघ÷संस्थालाई लक्षित गरी“मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्तीखाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’नामक बचतखाता सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनत ममौन्दात रु १,०००÷–मा कुनैपनि माथि उल्लेखित संघ÷संस्थाले यो खाताखोल्न सक्नेछन् । यस खाता खोलेका संघ÷संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्तीखातामा बीमा सेवाका अतिरित्त mदैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सक्ने बैकले जानकारी दिएको छ ।
मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात रु १००÷– मा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यू बीमाको सुविधा प्रदान गरिने बैकले जनाएको छ । यसका साथै, कुनै पनि संघ÷संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाख मध्ये जुनकम हुन्छ, सो बराबर हुने गरी विनाधितो कर्जा सुविधा प्रदान गरिनेछ । व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क VISA Debit Card प्रदान गर्ने जनाएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ÷संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचतखाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend