logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

किड्नी पिडीत गीता खडकालाइ बचाइदिन अपिल


  • जन आकाश
  • शुक्रबार, मंसिर १३ २०७६

 



मोहन कार्की
काठमाडौं  रामेछाप निवासी माइती देलखा भएकी हाल तिनकुने बसोबास गदै आउनु भएकी बर्ष ४१ की गीता खड्का बस्याललाइ बचाइदिन उनका श्रीमान गोपी बस्यालले अपिल गरेकाछन् ।बिगत ४ वर्षदेखि बिरामी परेको र बिभिन्न अस्पतालमा उपचार गराउदै आउदा २०७६ बैशाख मात्र दुबै किड्नीले काम गर्न छोडेको डक्टरहरुले प्रमाणित गरेपछि हप्तामा ३ पटकसम्म डायलोसिय गदै आएको र डक्टरको सल्लाह अनुसार एउटा मात्र किड्नी प्रत्यारोपन गर्न सकिए सबै ठिक हुने भनिएको छ उनका श्रीमान गोपिले भने म आफ्नै किड्नी दिएर भएपनि बचाउथे मेरो ब्लड गु्रप म्याच खाएन र किड्नी प्रत्यारोपन गर्न अत्यन्तै खर्चिलो र भएको पैशाहरु उपचार गराउदा गराउदै सकिसकेको र आर्थिक अभावका कारण गीताको जिवन जोखिममा पदै गएको छ । त्यसकारण सबैसँग सहयोग माग्न बाध्य भएको हो ।
हाल किडुनी पिडीत गीता बस्याललाइ ओम अस्पतालको २१६ न. बेडमा भर्ना गरेर डायलोसिस गराइराखेको छ । गीतालाइ बचाउनको लागि देश बिदेशमा रहनु भएका दाजुभाइले सहयोग गरिदिनु हुन अनुरोध गर्दछु भनि गोपी बस्यालले अपिल गरेकाछन् ।
सहयोग गर्न इच्छुक दाजुभाइ दिदीबहिनीहरुले लक्ष्मी बैकको खाता न. ०१०२०१२६७०३ मा सहयोग रकम जम्मा गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु साथै थप सम्पर्कको लागि ९८६५१३६१२८ मा गोपि बस्याल पिडीतको श्रीमान पनि हुन् । उतm न. मा फोन गरी सहयोग गरी जिबन बचाइदिन अनुरोध गरेका छन् ।

जन आकाश मिडियाको सामाजिक उत्तरदाइत्व अन्र्तगत सहयोग गर्ने दाताहरुले सहयोग गरेको रकम र सहयोगि ब्यातिm संघ÷संस्थाको नामवली जन आकाश राष्ट्रिय साप्ताहिक र janaakash.com.np अनलाइन पोर्टलमा प्रकाशन गर्ने छौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend