जन आकाश
सुरेश कुमार अधिकारी “मित्र”
हामी मानिसहरुको स्वभाव के छ भने पहिला थाहा पाएर वा नपाएर जे पनि गर्छौ, जे पनि खान्छौं । पछि समस्या आएपछि डराउने, त्रसिने, चिन्ता लिने र दुःखी हुने गर्छौ । यो मानव स्वभाव नै भइसकेको छ । शारीरिक रुपमा दुर्बलता नभएपनि र पहिलो भन्दा भिन्न महशुस नगरे पनि, मधुमेह प्रति सचेत हुन र यसलाई नियन्त्रणमा राख्न अत्यन्त जरुरी छ । मधुमेश भएपछि धेरैजना मधुमेहीहरु ऋाफ्नो जीवन सकिएको वा पहिले गर्ने गरेको कुराहरु गर्न असक्षम हुने भन्ने सोच्दछन् । यो असत्य हो यस्तो भ्रममा कदापी नपर्नु होला । सत्य के हो भने मधुमेह भएर जीवन सकिँदैन । मधुमेहको नियमित कार्यहरुमा केही परिवर्तन गरेर मधुमेशलाई सन्तुलित गर्न सकिन्छ । मधुमेह हुनु केही बिरामीहरुको दोष नभएपनि यसको नियन्त्रण गर्न सकिन्छ यो आफ्नै जिम्मेवारी पनि हो । संयोगबस मधुमेहसँग जीवनयापन गर्न र स्वास्थ्य रहनका लागि धेरै कुराहरु गर्न सकिन्छ । जब तपाई खानेकुरा खानुहुन्छ, तपाइको खाना टुक्रिएर ग्लुकोजमा परिवर्तन हुन्छ । ग्लुकोजले तपाइलाई काम गर्न चाहिने ऊर्जा प्रदान गर्दछ । तर ऊर्जा उत्पादन गर्न इन्सुलिन भन्ने हार्मोन चाहिन्छ, यो इन्सुलिन हाम्रो पेट नजिक रहेको प्यानक्रियाज नामक ग्रन्थीबाट उत्पादन हुने भएकोले यसको त्यतिनै महत्व छ । इन्सुलिनले ग्लुकोजलाई शरीरका कोषिकाहरुमा प्रवेश गर्न मद्धत गर्छ । कोषिकाहरुमा ग्लुकोज पसेपछि ऊर्जा उत्पादन हुन्छ । जसले ती कोषिकाहरुलाई काम गर्न योग्य बनाउँछ । मधुमेहीहरुमा ग्लुकोज कोषिकाहरुमा पस्न पाउँदैन र रगतमै रहिरहन्छ । समय वित्दै जाँदा रगतमा भएको ग्लुकोजले शरीरका बिभिन्न अंगहरुमा नराम्रा असरहरु देखाउनुका साथै प्राणघातक रुप पनि लिन सक्छ । शरीरमा इन्सुलिन राम्रोसँग काम नगरे वा जसरी मात्रामा उत्पादन नभएर रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म उल्लेखित परिमाण भन्दा बढी भएमा मधुमेह भएको मान्नुपर्छ । मधुमेहको कुनै कुनै पनि उचार छैन, तर यो नियन्त्रण गर्न मात्र हामीले उपचार विधिमा औषधी सेवन, व्यापाम, खानपान, रहन सहन बदल्न सक्छौ । यसरी बदलेको र खाएको कारणबाट नियन्त्रण हुने हो । यसका लागि रक्त परीक्षण लगायत डाक्टरी जाँचपछि डाक्टरको सल्लाह अनुसार नियमित औषधी सेवन, सल्लाह खानपान दैनिक रहन सहनमा परिवर्तन गर्न जरुरी छ । यसो गर्न सके रगतमा रहेको ग्लुकोजको मात्रा नियन्त्रण गर्न सकिन्छ । यदी हामीले यसरी नियन्त्रण गर्दै डाक्टरी सल्लाह अनुसार आफूलाई पथ परहेजमा राख्न सक्यौ भने हाम्रो जीवन यात्रा लामो समयसम्म स्वस्थ रहने र बाँची रहन सक्ने कुरामा ढुक्क हुन सक्छौं । बेलैमा सचेत हौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend