जन आकाश
प्रभु बैक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा २०७६÷०८÷१३ देखि रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा १९८ औं शाखा खोली सेवा शुचारु गरेको छ । बैंकको टिमुरे शाखा कार्यालयको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले विहान १०ः०० बजे उघाटन गर्नु भएको हो ।
बैंकको टिमुरे शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी कैसाङ नुर्पु तामाङले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गर्नु भयो । बैंकको टिमुरे शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको टिमुरे शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा टिमुरे शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भनि बैकले जानकारी गराएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend