logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवा विकास बैंकको १०४औं शाखा बिस्तार


  • जन आकाश
  • सोमबार, मंसिर १६ २०७६

काठमाडौं कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा यही मंसिर १६ गते आफ्नो १०४औशाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राजकुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिनु हुदै आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।



काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०४ वटा शाखा तथा ५३ ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend