logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्याज उत्पादनमा ध्यान दिउँ


  • जन आकाश
  • बिहिबार, मंसिर १९ २०७६

अहिले बजारमा प्याजको चर्चा निकै बढेको छ । त्यो चर्चा त्यत्तिकै बढेको होइन एक केजी प्याजको मुल्य बजारभाउ २३० रुपैयाँ पुगेको छ । यो निकै महँगो हो ।
नेपाल आफै कृषि प्रधान देश हो । यहाँ चराले कुनै फलफूल खाएर दिसा हग्यो भने पनि त्यो फलफुलको बोट उम्रिन्छ । नेपालमा हरेक ठाउँ र विेशेषता फरक फरक माटो भएका ठाउँमा फरक फरक अन्नबाली, तरकारी, फलफुल फलाउन सकिन्छ कतिपय ठाउँमा फलाइरहेका छन् कतिपय ठाउँमा आफै उम्रेर फलेका छन् ।
यतिबेला भने समस्या कृषि पेशाप्रति मानिसहरुको रुची नहुनु, कृषिप्रधान देश भनेर किताबमा पढाउने, भाषणमा हुने तर वास्तविक किसानहरुले गरेको परम्परागत खेतीबाट आफ्नो जिविकोपार्जन नचल्दा कृषि पेशाप्रति मानिसहरुको आकर्षण घटेको यथार्थ हो ।
यतिबेला प्याजको मूल्य बढेर आकाशिँदो अवस्थामा पुग्दा नेपालले पनि प्याज धेरै भन्दा धेरै उत्पादन गरेको भए त्यसको फाइदा नेपालले पनि लिन सक्थ्यो । नेपाली किसान लाभान्वित हुने थिए । यहाँ त्यस्तो अवस्था होइन् । हाम्रो देशमा प्याजको उत्पादन जम्माजम्मी ४० प्रतिशत मात्र भएको देखिन्छ ।
उत्पादन बढाउन गर्नुपर्ने कार्यहरु गहिरो ढंगबाट गरेको देखिँदैन यो प्याजको विषयमा मात्र होइन हाम्रा बाउबाजेले खेती गर्दै आएका जमिनहरु अचेल बाँझोमा परिणत भएका छन् यस्तो अवस्थामा आउनु आफैमा लाजमर्दो विषय हो । त्यो हुँदाहुँदै गर्दा सम्बन्धित पक्ष कृषि प्रधान देश लेख्ने, पढाउने बिज्ञहरुलाई यो कुरा थाहा हुनुपथ्र्यो । किसानहरुलाई प्रोत्साहन गर्ने, तालिम दिनुपर्छ, किसानले उत्पादन गरेको फलाएको तरकारी बजारमा पु¥याउन गाडीको व्यवस्था गरिदिनुपर्छ, बाटो बनाइदिनु पर्छ कुन समय कुन खेती गर्ने खेती गर्नको माटो परिक्षण, हावापानीको मूल्यांकन गरी किसान र विज्ञको परामर्श हुनुपथ्र्यो नेपालमा ती सबै सिंहदरबारको दराजभित्र र केही क्षेत्रीय कार्यालय, जिल्ला कार्यालयमा सीमित बनेर बसेका कृषिका निकायहरुले राख्ने लगत तथ्य वस्तुगत नभएर कागजी भएकै कारण कुनैबेला गोलभेडाको अभाव, कुनैबेला प्याजको अभाव, कुनैबेला लसुनको अभाव महँगी जस्ता उपभोग्य वस्तुको समस्या नेपाली उपभोक्ताले व्यहोर्दै आउनु परेको हो ।
कतिपय ठाउँमा त किसानले फलाएको तरकारी फलफूल गाउँबाट बजारमा लैजान यातायात नहुँदा र बजार पनि सानो भनेको बेलामा बिक्री नहुने ठुला बजारमा पु¥याउनलाई नपुग्ने थोरै सामानको भाडा लाग्ने जस्ता कारणहरुले उत्पादन हुन नसकेको हो । भूमि प्रशस्त भएको नेपालमा कृषिका उत्पादन गर्न छोड्दै गएको देखिन्छ ।
नेपालमा जलस्रोत अथाहा भएपनि त्यसको सदुपयोग गर्न किसानहरुको लागि नहर सिचाईको व्यवस्था राम्रोसँग भएको छैन । यी कामहरु गरेर मल, बिउ, विजन, भण्डारण, बिक्री केन्द्रहरु निर्माण गरी देशभरीका किसानहरुलाई जागरुक गराएर कृषिबाट मनग्य आम्दानी लिन सकिन्छ भन्ने आत्मविश्वास किसानहरुको बढाउने र सबैले काम गर्ने वातावरण बनाउनुपर्छ त्यसपछि एउटा प्याजको लागि होइन लाखौं टन प्याज उत्पादन गरेर हामी बेच्न सक्छौं । यतापटी सबैको ध्यान जानुपर्छ ।
अर्कोतर्फ प्याज महँगो भएको बेला प्याज नखाँदा खासै असर पुग्दैन नेपालीहरुले कुनै कुनै खानामा नहाली नहुनेमा थोरै प्रयोग गर्ने र प्याज प्रयोग नगर्दा पनि मिल्नेछ भने प्याज प्रयोग नगर्ने गरेर २३० पुगेको प्याज बहिष्कार गर्न सकिन्छ ।
प्याज निर्धक्क खाने हो भने आजैबाट बाँझोमा परिणत भएका बारीहरु खन्न थालौं प्याज रोपौं, लसुन रोपौँ, गोलभेडा रोपौं किन्नै पर्दैन आफ्नै बारीमा फल्छ । यसरी हामीले काम गर्नुपर्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend