जन आकाश
सुरेश कुमार अधिकारी मित्र
यदी हामीले हरेक दिन विहान आफ्नो शरीरलाई कम्तीमा १० मिनेट व्यायाम गर्न सक्यौं भने पनि हामीले हाम्रो मष्तिष्क अर्थात् दिमागलाई स्वस्थ राख्न सक्छौं । किनकी यसबाट मस्तिष्कको हरेक भागमा सञ्चार गराई समन्वय गरेर स्मृति प्रकृयामा सुधार गर्न मद्धत गर्दछ । एक नशा रोग विशेषज्ञका अनुसार आफ्नो मस्तिष्क स्वस्थ राख्न लामो तथा तिब्र गतिको दौडेल मात्र पुग्दैन । त्यसको अलावा घरमै बसेर शरीरको व्यायाम गर्दा बर पर्याप्त हुन्छ भनी आफ्नो अध्ययनमा लेखेका छन् । यसरी ब्यापम गर्दा मस्तिष्कमा ‘डिप्पोक्यायस’ नामक कोषिका मात्र तैयार हुन्छ । यो भागबाट स्मृति (सम्झन सक्ने शक्ति) निर्माण र भण्डारण गर्दछ । हामीले गर्ने व्यापाम साह्रै गाह्रो हुनुपर्छ भन्ने छैन । व्यायाम गर्दा सजिलो खालको र अलि शरीरको सबै भाग तन्कने प्रकारको भएपनि पुग्छ । यदी तपाई सक्नुहुन्छ भने हप्ताको १ पटक साइकल चलाउनु होस् र हरेक दिन विहान कम्तीमा १० मिनेट व्यायाम गर्नुहोस् । तपाइले दिनभर आफूलाई फूर्तिलो पाउनु हुनेछ । बिर्सन बानी हराउँछ काममा जाँगर आउँछ र आफूलाई कम उमेरको युवा महशुस गर्नुहुन्छ । फुर्तिलो शरीरले सोच बदल्छ र आफूलाई सदैव चलाख र चनाखो बनाइराख्छ । यो व्यस्त दुनियाको हामी मानिसहरुले आफ्नो लागि १० मिनेट पनि दिन सक्दैनौ । तर मनलाई नियन्त्रण गरेर लैजाने हो भने १० मिनेट केही पनि होइन । सोच बदलौं र यो व्यस्त दुनियामा आफूलाई स्वस्थ बनाउन, आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न आजैदेखि १० मिनेट व्यायाममा समय दिनुहोस् । अनि हेर्नुहोस आफूलाई कति स्वस्थ पाउन हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend