logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

यसरी भयो चितवनमा कम्युनिष्टको हरिविजोग


  • जन आकाश
  • बिहिबार, मंसिर १९ २०७६

मोहन पोखरेल
चितवन । रिक्त रहेका वडा अध्यक्षको उपनिर्वाचनमा काँग्रेसका उमेदवारले विजय हासिल गरेका छन् । काँग्रेसले यो उपनिर्वाचनमा विजय प्राप्त गर्नु र नेकपाका उमेदवारले हानुको मुख्य कारण बारे गहिरो विश्लेषण गरिएको छ । पूर्व प्रधानमन्त्री, नेकपाका कार्यवाहक अध्यक्ष र सासद समेत रहेका पुष्पकमल दाहाल उर्फ प्रचण्डको गृह जिल्ला भनेर चिनिएको चितवनमा एक्कासी कम्युनिष्ट उमेदवारहरुको पत्तासाफ हुँदा प्रचण्डको राजनीति अव समाप्ती तिर लागिसकेको काँग्रेस वृत्तमा चर्चाको विषय बनेको छ भने एमाले आएका केही नेतामा पनि प्रचण्डका बाबु छोरीको राजनीतिक कार्यशैली यसमा जिम्मेवार भएको भनाई रहेको छ ।
अध्यक्ष प्रचण्डले बारम्बार भन्दै आएको एउटा तथ्य कुरो के हो भने चितवन उनको कर्मभुमीको हो र उनले चितवनमा जे चाहन्छन् त्यही हुन्छ । छोरी रेणु दाहाललाई काँग्रेससँग सहकार्य गरेर स्थानीय निर्वाचनमा नगर प्रमुखमा जिताउन प्रचण्डको ठुलो भूमिका रहेको थियो । सफल पनि भए, यसमा आश्चर्य मान्नु केही छैन । सधैंभरी चितवनलाई कब्जामा लिएर कम्युनिष्टको राजनीति थलो बनाउन खोज्ने प्रचण्डको सपना यतिखेर चकनाचुर हुनाको कारण पनि उनको र अहमपन नै हो । भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने भन्ने सपना बाँड्ने नगरप्रमुख रेणु दाहालले पैदन यात्री हिँड्ने फुटपाथमा सवारी साधनको लाइन र फलफुल बेच्नेहरुको मार्केट बनाउनुले पनि बाबु छोरीको सस्तो लोकप्रियतालाई राम्रैसँग पहिचान गराउँछ ।
यसपटकको उपनिर्वाचनमा केही वडाहरुबाट कम्युनिष्ट उम्मेदवारहरु हारेता पनि अन्य ठाउँका उपनिर्वाचनमा कम्युनिष्टहरुले जितेको रिपोर्ट पनि आएको छ । चितवनका ३ वडा हार्दैमा कम्युनिष्टको राजनीति समाप्त हुने त होइन, तर नेपाल कम्युनिष्ट पार्टीका कार्यवाहक अध्यक्ष र सांसद समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्ला भनेर चिनिएको चितवनमा भने प्रचण्डको राजनीति सकिनै लागेको चर्चा परिचर्चा सुनिरहेका कम्युनिष्टकै कार्यकर्ता पनि आश्चर्यचकित भएका छन् र पुर्पुरोमा हात राख्न बाध्य भएका छन् । किनकी आगामी संसदीय निर्वाचनमा चितवनबाट प्रचण्ड हार्नु भनेको पार्टीपंक्ति नै हार्नु हो भन्ने चर्चा चलिरहेका अवस्थाबारे राप्रपा संयुक्तका जिल्ला कार्य समितिका सदस्य विष्णु सेञ्जुरी भन्छन्– यो उपनिर्वाचनमा कम्युनिष्ट हार्नुको मुख्य कारण काँग्रेससँग राप्रपा संयुक्तको गठबन्धन र अर्को कारण भनेको ज्येष्ठ नागरिकप्रति अपमानजनक शब्द बोलेको कारण नै प्रमुख जिम्मेवार रहेकोले प्रचण्डलाई सबक सिकाउन जनताले सजाय दिएका हुन् । विष्णु सेञ्जुरीले काँग्रेसलाई ठिक पार्टी भनेर आफूहरुले त्यसका उमेदवारलाई सघाएको नभई तातो फलामको रातो आगोको तुलनामा कालो कोइलाको आगो नै ठिक भन्दै काँग्रेसका उम्मेदवारलाई सघाएका हौं भने



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend