logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जनता बैक र ग्लोबल आइएमइ मर्जर

सिइओमा परसुराम कुवँर


  • जन आकाश
  • शुक्रबार, मंसिर २० २०७६

मोहन कार्की
काठमाडौं आज निक्कै तामझामका साथ ग्लोबल आइएमइ र जनता बैक एक आपासमा गाभिएका छन् । आज बाट नै जनता बैक ग्लोबल आइएमइ भएको छ । राष्ट्र बैकको नीतिलाइ सिरोपर गरेको दुबै बैकका सञ्चालका समितिका अध्यक्षद्धयले कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा बताएका थिए ।
कार्यक्रमको सभापतित्व ग्लोबल आइएमइ गु्रपका अध्यक्ष समेत रहेका चन्द्र प्रसाद ढकाले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री युवाराज खतिवडा रहनु भएको थियो । बिशेष अतिथिमा नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जिवी नेपाल रहनु भएको थियो । अतिथिहरुमा नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी, सिएन आइका कार्यवाहक अध्यक्ष बिष्णु अग्रवाल, चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठ, बैकर एशोसिएसन अफ नेपालका सिइओ ज्ञानेन्द्र ढुङगाना, बैकर एशोसिएसन नेपालका अध्यक्ष पवन गोयन्का, नेपाली काग्रेसका प्रतिनिधि संसद तथा निर्माण ब्यवसायी जिपछिरिङ लामा रहनु भएको थियो ।
जनता बैकका अध्यक्ष केशव रायमाझीले कार्यक्रममा सम्बोधन गदै उत्कृष्ट ढङगवाट जनता बैकलाइ यो अवस्थासम्म ल्याइ पु¥याउन सञ्चालका समिति सेयर होल्डर इमानदार कर्मचारीको प्रशंसा गदै कार्यक्रम शुरुभएको घोषणा गर्नुभएको थियो । शूभकामना दिनेक्रममा चेम्बरका राजेशकाजी श्रेष्ठले बैकहरु मर्जर भएपनि व्यवसायीहरुले सेवा सुविधामा खासै फरक नभएको र भ्याट, ब्याज जस्ता कुराहरुमा ब्यबसायीमुखी हुनुपर्ने बीचमा नेपालवाट बिदेश काम गर्न जान रोके पनि नयाँ उधेग एउटै नखोलिएको भन्दै आलोचनात्मक ढङगवाट आफ्ना भनाइ राखेका थिए भने त्यसको उत्तरमा गर्भनरको पालो आएपछि राजेशकाजी श्रेष्ठको पनि कुनै एक बैक रहेको र बैक पनि ब्यवसायी पनि एउटै ब्यातिm हुदा अफ्ठेरो पर्ने र बैक सञ्चालकहरुले कुरा बुझेर काम गर्न पनि गर्भनर नेपालले सुझाब दिनुभएको थियो ।
त्यस कार्यक्रमका प्र्रमुख अतिथि अर्थमन्त्रीले सरकारले अल्पकालीन,मध्यकालीन र दिर्घकालीन योजना बनाएर सरकारले काम गरिरहेको र बैकहरुसँग थोरै पुजि हुदा ठुला आयोजनाहरु सम्मपन्न गर्न लगानी जुटाउन समस्या हुने गरेको र यो मर्जर सँगै समृद्ध नेपाल बनाउन सहज बन्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रमस्थलमा भिडमभाड थियो दुबै बैकका सञ्चालकहरु सेयर होल्डरहरु कर्मचारीहरु बिहान ८ बजेवाट नै कार्यक्रम भव्य बनाउन लागिपरेका थिए ।
हाल गाभिएर ग्लोबल आइएमइ बैक भएको बैकमा जनता बैकमा कार्यरत सिइओ अर्थात प्रमुख कार्यकारी अधिकृतमा परसुराम कुवँरले जिम्मेवारी संगाल्ने हुनेछ भनि सवैले शूभकामना दिएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend