logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एफक्यान एक्सिलेन्स कार्यक्रम सम्पन्न


  • जन आकाश
  • आइतबार, मंसिर २२ २०७६

 



मोहन कार्की
काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघ–संस्था तथा फर्म÷कम्पनीहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्शनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको थियो । ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्शनले पाएको जितेको थियो । बी क्लास तर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालीले हात पारेको थियो बी क्लासतर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्र्डस प्रालिले जित्यो । नयाँबाटो निर्माण प्रालिले सी क्लासतर्फको गोल्डअवार्ड जित्न सफलभएको थियो । सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशःशाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका थिए । डी क्लास तर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् प्रालि उत्कृष्टभएको थियो । प्रदेश ३ मा आइएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आर्शिवाद निर्माण सेवा उत्कृष्ट ठहरियो । भूगोल अन्र्तगत हिमाल तर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा. काभ्रे व्यवसायी संघ.र तराईतर्फ लुम्बिनी निर्माण संघले अवार्ड हात पारेका थिए ।उदाहरणीय निर्माण कार्य गर्ने इलियाट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युत प्रसाद खरेलले पनि अवार्ड जितेका जित्नुभएको थियो । नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिएबापत् एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्व अध्यक्ष स्वर्गीय शरदकुमार गौचनलाई प्रदान गरिएको थियो । अग्रणी इन्जिनियरको रुपमा स्वर्गिय प्राध्यापक डाक्टर दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीको रुपमा कालिकोटकी तारा कुमारी शाह पुरस्कृत हुनुभएकोे थियो । नेपालमै अध्ययन गरी इन्जिनियरिङ संकायमा उत्कृष्ट अंकल्याउन सफल निर्माणव्यवसायी धर्मराज सुवेदीका छोरा इन्जिनियर बिप्लब सुवेदीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै विदेशी विश्वविद्यालयमा अध्ययन गरी इन्जिनियरिङ संकायमा उच्च अंक ल्याएका शर्मा एण्ड शर्मा कम्पनीका प्रबन्ध निर्देशक तथा महासंघका सल्लाहकार रमेश शर्माका छोरा इन्जिनियर शौरभ शर्मालाई पनि पुरस्कृत गरिएको थियो । निर्माण व्यवसायको विकास विस्तारमा संचार माध्यममा र्फत् योगदान दिएकोमा सहयोगी टेलिभिजनको रुपमा जनता टेलिभिजन पुरस्कृत हुँदा, सहयोगी दैनिक पत्रिकको रुपमा नेपाल समाचापत्रलाई पुरस्कृत गरिएको थियो त्यस्तै सहयोगी रेडियोतर्फ रेडियो थाहा र अनलाइनमाक्यापिटल नेपालडटकपलाई पुरस्कृत गरिएको थियो । पूर्वाधार विकास तथा निर्माण सरोकार सम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारका रुपमा न्यूज २४ का नवराज चालिसेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै सहयोगी प्रायोजकको रुपमा शंकर ग्रुपअन्र्तगतको जगदम्बा कन्स्ट्रक्शन सोलुसन प्राइभेट लिमिटेड पुरस्कृत हुँदा उत्कृष्ट कन्सल्टिङ कम्पनीको अवार्ड एमएस बिल्डिङ डिजाइनका इन्जिनियर खेम डल्लाकोटीले जित्नुभएको थियो । महासंघ सचिवालयमा लामो समयअघि देखि कार्यरत केदारनाथ पोख्रेललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा“पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति”गठनगरिएको र कार्य समितिका कसैले उतm अवार्ड नपाउने भनिएपनि धेरै जति महासंघमा रहेका र चिरपरिचित हरुको बाहुल्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथायातायात मन्त्री वसन्तकुमार नेम्बाङ,बिशेष अतिथिमा भौतिक पूर्वधार तथा यातयात मन्त्रलयका सचीव देवेन्द्र कार्की, अतिथिहरुमा ससंद जीपछिरिङ लामा शेर्पा, पूर्व अध्यक्ष यक्षध्वजकार्की, महासंघका अध्यक्ष रवि सिंहले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो भने महासचीव रोशन दाहालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend