जन आकाश
मंसिर, रामेछाप ।
रामेछाप जेसिसको अध्यक्षमा गोपाल खड्का निर्वा्चित हुनुभएको छ । जिल्लको पाँचौ शाखा अधिवेशन तथा बार्षिक साधारणसभाले खड्का सहित कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको कार्यकारी उपाध्यक्षमा रामहरि सापकोटा, जीवन कार्की , महासचिवमा सरस्वती रायमाझी, सह–सचिवमा उज्वल बुढाथोकी, कोषाध्यक्षमा सन्तोस खत्री, विमल पौडेल, यादब खत्री, ज्ञानु श्रेष्ठ रहनुभएको छ । कानुनी सल्लाहकारमा रामकुमार बस्नेत र कल्याण खड्का चयन भएका छन् । अधिबेशन जेसिज रामेछापका निवर्तमान अध्यक्ष एवम २०१९ का अध्यक्ष राजकुमार केसिको अध्यक्षमा भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend