logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ग्लोबल र योजना आयोगले गरे अन्र्तक्रिया


  • जन आकाश
  • बुधबार, मंसिर २५ २०७६

मोहन कार्की



काठमाडौं । पोषणका लागि कृषि तथा खाद्य प्रणाली सम्बन्धी ग्लोबल प्यानल र राष्ट्रिय योजना आयोगको संयूक्त आयोजना मामंसिर २३, २०७६ मा स्वस्थ्य आहार प्रदान गर्न, भोकमरी अन्त्यगर्न र कुपोषण तथा नेपालमा जलवायु परिवर्तनका चुनौतीहरू सम्बोधन गर्नका लागि विद्यमान खाद्य प्रणालीलाई समयानुकुल परिमार्जन गर्ने आवश्यकताबारे एक अन्तरकृया छलफल भएको छ यही २३ गते सोमबार उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्तरकृयाको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङ तथा ग्लोवल प्यानलका सदस्य प्रा. श्री नाथ रेड्डी को सह अध्यक्षतामा भएको थियो ।
त्यस वैठक अघि मंसिर २२, २०७६ मा प्रदेश सरकारका प्रतिनिधिहरुसँग खाद्य प्रणाली सम्बन्धी छलफल संचालन गरिएको थियो ।
२३ गतेको अन्तरकृया कार्यक्रममा संघ तथा प्रादेशिक सरकारका प्रतिनिधि, संयुक्त राष्ट्रसंंघ, नीजि क्षेत्र तथा नागरिक समाज लगायतका विकास साझेदारका प्रतिनिधिहरुले समेत विचार व्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले “बहुक्षेत्रीय पोषण योजनाले सबै खालका कुपोषण न्युनीकरण गर्ने लक्ष्य लिएको छ जसले गर्दा कुपोषणका कारण मानव पुँजिको विकास र समग्र सामाजिक आर्थिक विकासमा बाधा पर्ने समस्या समाधान हुनेछ ।”भन्ने विचार व्यक्तगर्नु भएको थियो ।
पोषणका लागि कृषि तथा खाद्य प्रणाली सम्बन्धी ग्लोबल प्यानलका सदस्य प्रा. श्री नाथ रेड्डीले नेपाल सरकारलाई यस्तो महत्वपुर्ण विषयमा छलफल आयोजना गरेकोमा धन्यवाद दिदै छलफलले स्वस्थ्य खाद्य वस्तुको उपलब्धता मार्फत खाद्य प्रणालीमा नयाँ आयाम थपी बहुक्षेत्रीय पोषण योजनाका उद्देश्यहरु पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्तगर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend