logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामनाले खोल्यो भंगालमा १०७ औं शाखा


  • जन आकाश
  • आइतबार, मंसिर २९ २०७६

मोहन कार्की



काठमाडौं    कामना सेवा बिकाश बैंकले आज आफ्नो १०७ औं शाखाको रुपमा बुढानिलकण्ठ वडा न. ८ तल्लो भंगालमा कार्यलय सञ्चालनमा ल्याएको छ । बिहान ११ बजे बैंकका अध्यक्ष सुदीप आचार्यको सभापतित्वमा तथा बुढानिलकण्ठका मेयर उद्धव खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो ।
बैकको उदघाटन प्रमुख अतिथि समेत रहनुभएका खरेलले रिवन काटेर दीप प्रज्वल गरी बैकको शाखा कार्यलयको सार्वजानिक बोटको अनावरण गरे सँगै कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रमलाइ राष्ट्र बैंकका पूर्व अनुगमन बिभागका अधिकृतले शूभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा कामना सेवा बिकाश बैंकको योजना र शाखा बिस्तारको बिषयमा बैकका प्रमुख कार्यकरी अधिकृत प्रबिण बस्नेतले प्रकाश पार्नुभएको थियो ।
भगालमा नै शाखा खोल्नुको महत्वको बिषयमा बैकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यले आफु पनि यसै क्षेत्रको बासिन्दा भएको हुदा अझै यस क्षेत्रका साथीभाइको समर्थन साथै आफ्नै क्षेत्रमा केही राम्रो योगदान गर्न सकिन्छ भनेर नै शाखा सञ्चालनमा ल्याएको जानकारी दिनुभएको थियो ।
प्रमुख अतिथि उद्धव खरेलले नगरपालिका भित्र थुप्रै बैकहरु रहेको तर भित्री बजारमा कमै बैक थियो कामना सेवाले भित्री बजारमा समेत शाखा सञ्चालन गरेर जनतालाइ सेवा दिन लागेको त्योपनि लगेज सहित सुविधामा भन्दै कामना सेवा बैकको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रमको संञ्चालन शुरुदेखि अन्त्यसम्म राम्रो प्रस्तुति गरेर कार्यक्रमलाइ आकर्षण भर्ने काम नम्रता गौतमले गर्नुभएको थियो ।
कामना सेवा बिकाश बैंकले स्थानीय देखि केन्द्रसम्म आफ्नो सञ्जाल बढाउदै लगेको देखिन्छ । जसले स्वर्णिम बचत खाता नेपालमा पहिलो पटक प्रयोगमा ल्याएको थियो जुन ग्रहक बर्गमा आकर्षण बनिरहेको छ । जसले कामना सेवामा खाता खोल्ने बित्तिक्कै बिभिन्न बिमा हुने भएको हुदा ग्रहकको आकर्षण बढेर अहिले कामना सेवा बिकाश बैंक प्रति आम मानिसहरुको बिश्वास बढेको बैंकले दावी गदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend