logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

खाँडादेवी गाउँपालिकाको निर्णयः सुत्केरीलाई घरसम्मै निशुल्क एम्बुलेन्स सेवा


  • जन आकाश
  • मंगलबार, पुष १ २०७६

३० मंसिर, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले गाउँपालिकाभित्र गर्भवती महिलाहरुको लागि सुत्केरी गराउन घरसम्मै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आमा र शिशुको सुरक्षालाई ध्यान दिदै गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाको सबै वडाभित्रका सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सुत्केरी हुने महिलाहरुलाई प्रसुती हुने बर्थिङ सेन्टरसम्म निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउछौ, सुत्केरी भक्ता पनि दिन्छौ ।’



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend