logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जुनेली जुनार सहकारीको जम्मा कारोवर १ करोड ४४ लाख


  • जन आकाश
  • मंगलबार, पुष १ २०७६

रामेछाप रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेको जुनेली जुनार सहकारी संस्था लिमिटेड रामेछापले जम्मा १ करोड ४४ लाख ८० हजार रकमको कारोवर भएको छ । २०६४ सालमा स्थापना भएको संस्थाले  रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरी तेह्रोँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष उमेश विक्रम थापाको अध्यक्षतामा भएको साधारण सभामा आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाका अध्यक्ष थापाले यस वर्ष २४ लाख ५९ हजार आम्दानी गर्न सफल भएको बताउनुभएको छ । संस्थाले गत वर्ष २३ लाख १० हजार रुपैँयाँ आम्दानी गर्न सफल भएको छ । संस्थाको २०७६ असार मसान्तसम्मको शेयर पुँजी १० लाख ६१ हजार ६ सय ६५ रुपैयाँ रहेको अध्यक्षद्धारा प्रस्तुत आयव्यय विवरणमा उलेख गरिएको छ । संस्थाले विभिन्न शिर्षकमा ऋण लगानी गर्ने गरेको छ । तेह्रोँ वार्षिक साधारण सभा कार्यक्रमा विभिन्न सहकारी संस्थाका प्रमुख एवम प्रतिनिधि , संस्थाका सियर सदस्य , वचतकर्ता लगायतको उपस्थिती रहेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend