logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवा विकास बैंकको १०८ औं शाखा बाग्लुङ्गको हल्लन चोकमा


  • जन आकाश
  • मंगलबार, पुष १ २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ४ अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं० ३ स्थित हल्लन चोकमा यही मंसिर ३० गते आफ्नो १०८ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुत रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो ।कारोबार शुभारम्भ समारोहमाbबाग्लुङ्ग उद्दोग वाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी ,समाजसेवी बलावति शर्मा ,गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।



काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend