logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनबिआईको सिइओमा लम्साल नियुक्त


  • जन आकाश
  • बिहिबार, पुष ३ २०७६

नेसनल बैंकिङ इन्स्टिच्युट एनबिआई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिइओमा कुमार लम्साल नियुक्त हुनुभएको छ । एनबिआई सञ्चालक समितिले ३० मंसिरदेखि लागू हुने गरी लम्साललाई सिइओमा नियुक्त गरेको हो ।



लम्सालले यसअघि सानिमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाललगायत बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्य गरिसक्नुभएको छ । लम्सालको नियुक्तिसँगै इन्स्टिच्युटले बैंकिङ जगतको मानव संसाधनको क्षमता विकासमा टेवा पुर्‍याउने किसिमका वस्तु तथा सेवाको विविधीकरणमार्फत अझ बढी योगदान पुर्‍याउन सफल हुने अपेक्षा कम्पनीको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend