logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कलेजद्धारा सामाजिक क्षेत्रको बिषयमा अन्र्तक्रिया


  • जन आकाश
  • मंगलबार, पुष ८ २०७६

चितवन
मिलेनियम मोडल कलेज भरतपुर चितवनले गएको हप्ता एक कार्यक्रम गरी एजेन्सी मिटिङ सम्पन्न गरेको छ . खासगरी चितवनका गैर सहकारी संघ संस्थाहरु र ति संस्थाहरुले गरेका क्रियाकलापका वारेमा आफ्ना कलेजमा पढेका बिद्ययार्थी भाइबहिनीहरुका लागि जीवन उपयोगी बिषयमा प्रयोगत्मक शिक्षाका बिष्यमा जानकारी गराउने हेतुले कार्यक्रम आयोजना गरेको कलेजका प्रिन्सीपल इश्वरी प्रसाद पण्डितले बताउनु भएको थियो ।
समाजको ऐनाको रुपमा रहेको सामाजिक अभियान्ताहरुको बिचारहरु आदान प्रदान गरिएको त्यस कार्यक्रममा प्रमुख अतिथि भरतपुर माहानगरपालिकाका सामाजिक बिकाश अधिकृत तुलशी श्रेष्ठले उदघाटनको अवसरमा आफ्नो भनाइ राख्दै भन्नुभयो हामीले जानेका बिचारहरुलाइ प्रयोगत्मक रुपमा लैजान संघ संस्था एवंम सरकारी निकायहरुमा इन्टलको रुपमा लैजान सक्यौ र त्यसलाइ आत्मसात गदै लग्यौ भने बल्ल हाम्रो शिक्षा ब्यवहारिक हुने छ उहाले भन्नुभयो ।
त्यसैगरी बरिष्ठ अतिथि गै.स.स. महासंघका चितवनका अध्यक्ष सुरेश कुमार अधिकारीले सरकारले गर्न नसकेको कामहरु दुरदराजमा गएर सामाजिक अभियान्त हुदै गैर नाफामुलक कार्यहरु गर्ने गरेकोले गैर सरकारी निकायहरु राज्यको तेस्रो आखा एवंम दृष्टिगोचक भएको र यसमा आवद्ध भएकाले समाजमा परिवर्तन चाहाने समाज परिवर्तकको रुपमा रहेको अभिव्यक्ति दिने क्रममा बताउनु भएको थियो ।
त्यसैगरी कार्यक्रमका अतिथि युवा समाज नेपालका खगराज ओझा, दियालो परिवारका राजगोविन्द सिल्पकार, युथ क्लब नारायणघाटका रामबाबु श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका करीव २५ जना अभियान्तहरु एवंम मिलिनियम मोडल कलेजका १५० जना बिद्ययार्थीहरुको सहभागिता रहेको थियो . कार्यक्रमको प्रस्तुति युवाराजले गर्नुभएको थियो स्वागत मन्तव्य प्रिन्सीपल इश्वरी प्रसाद पण्डितले गर्नुभएको थियो . भने त्यस कार्यक्रमका सभापति प्रेमहरि सुवेदीले कार्यक्रमको अध्यक्षता गदै कार्यक्रलाइ बिर्सजन गर्नुभएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend