logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जडीबुटी व्यवसायी संघ नेपालको साधारणसभा हुदै


  • जन आकाश
  • बुधबार, पुष ९ २०७६

काठमाडौँ , जडीबुटी व्यवसायी संघ नेपालको १० औं साधारणसभा यही पुष ११ गते हुन गइरहेको छ । त्यो सँगसगै छैठौं औं अधिवेशन पनि हुने भएको हुनाले यतिवेला जडीबुटी व्यवसायीहरुमा चुनावको रन्कोले पुषको चिसोलाई पनि तताइदिएको छ ।



यो समाचार तयार पार्दासम्म जडीबुटी व्यवसायीहरुको नेतृत्वहरुको लागि दुई समूहवाट उम्मेद्धारी परेको छ । निवर्तमान अध्यक्ष समूह धन बाहादुर लामा र कार्यसमिति कै सचिव बिष्णु भण्डारीले अध्यक्षमा उम्मेद्धारी दिनुभएको छ । दुवै प्यानलवाट निर्वाचनमा जाने पक्का भइसकेका छन् । बिष्णु भण्डारीको प्यानलको नाम सार्वजानिक भइसकेको छ भने धन बाहादुर प्यानलको नामवली सार्वजानिक भइसकेको बताउनु भएतापनि हामीलाई सो प्यानलको नामवाली प्राप्त भएको छैन तर बिष्णु भण्डारी नेतृत्वको प्यानलको नामवाली यसप्रकार छ ।
अध्यक्षः बिष्णु भण्डारी
वरिष्ठ उपाध्यक्षः मञ्जिव शाक्य
प्रथम उपाध्यक्षः कृष्ण कडेल
उपाध्यक्षः जंग बाहादुर गुरुङ
सचीवः सुनिलमान तुलाधर
सहसचीवः महेश बञ्जरा
कोषाध्यक्षः बिक्रमराज कुवंर
वरिष्ठ सदस्यः जगदिशचन्द्र घिमिरे
सदस्यहरुमा
(१) मनोरथ गौतम
(२) कमल कोइराला
(३) सुदीप गौतम
(४) सुरेश सापकोटा
(५) महिला सदस्यमा: देशमाया लामा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend