logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जडिबुटी व्यवसायी संघ नेपालको अध्यक्षमा बिष्णु भण्डारी निर्विरोध


  • जन आकाश
  • बिहिबार, पुष १० २०७६

जडीबुटी व्यवसयी नेपालको १० औ साधरणसभा र छैठौं अधिवेशन भोलि ११ गते सम्पन्न हुदै छ । उक्त अधिवेधन अगाडी नै सर्वसहमति जुटेको हुनाल अध्यक्षको पदमा निवर्तमान सचीव रहेका बिष्णु भण्डारी सर्वसहमतिमा अध्यक्ष हुने भएका छन् । निवर्तमान अध्यक्ष धन बाहादुर तामाङ र बिष्णु भण्डारीले उम्मेद्धारी घोषणा गरेर अधिवेशनमा जाने निर्णय गरेको भएता पनि हिजो राति अवेरसम्म बसेको धन बाहादुर नेतृत्वको कार्यसमितिले सवै जडीबुटी व्यवसायीहरुलाइ एकतावद्ध गराउनको लागि मलाइ पद होइन एकताबद्ध जडिबुटी व्यवसायी संघ महत्वपुर्ण हो भन्दै धन बाहादुर लामाले बिष्णु भण्डारीलाइ सर्मथन गरेपछि बिष्णु भण्डारी निर्विरोध अध्यक्ष भएका छन् ।
भोलि औपचारिक रुपमा एक भव्य कार्यक्रम गरि बार्षिक साधारणसभा र पद हस्तान्तरणको कार्यक्रम एकैसाथ हुन लागेको छ ।
अन्य पदहरुमा पनि सहमति भै नसकेको भएपनि सम्भावित नामहरु भने चर्चामा रहेको देखिन्छ ।
अध्यक्षः बिष्णु भण्डारी निर्विरोध
वरिष्ठ उपाध्यक्षः मञ्जिव शाक्य
प्रथम उपाध्यक्षः कृष्ण कडेल
उपाध्यक्षः जंग बाहादुर गुरुङ
सचीवः सुनिलमान तुलाधर
सहसचीवः महेश बञ्जरा
कोषाध्यक्षः बिक्रमराज कुवंर
वरिष्ठ सदस्यः जगदिशचन्द्र घिमिरे
सदस्यहरुमा
मनोरथ गौतम
कमल कोइराला
महिला सदस्यमास् देशमाया लामा
सुदीप गौतम
सुरेश सापकोटा



ह्ुने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ । यो भन्दा अगाडीको समाचारमा पनि हाम्रो जन आकाश मिडियाले उक्त बिष्णु भण्डारीको प्यानलको नाम सार्वजानिक गरेको थियो त्यस नामवली मा रहेका व्यक्तित्वहरु नै नयाँ कार्य समितिमा आउने सम्भावना भएको छ । यसले हाम्रो समाचारको बिश्लेषणसँग मिल्न सक्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend