जन आकाश
काठमाडौं
जडिबुटी व्यवसायी संघको १० औ साधरणसभा सम्पन्न भएको छ । यही ११ गते नयाँ बजारस्थित सम्राट पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रमलाइ दुइ भागमा बिभाजन गरिएको थियो । पहिलो शत्रमा उदघाटन र जडिबुटी व्यवसायीहरुको अवस्था , आउदा दिनमा जडिबुटी व्यवसायी संघले खेल्ने भुमिका लगायत बिषयमा भएको थियो उक्त कार्यक्रमको सभातित्व धन बाहादुर लामाले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला डिभिजन कार्यलयका प्रमुुख बद्री कुमार कार्की अतितिमा नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरे रहनु भएको थियो स्वागत मन्तव्य सचिव बिष्णु भण्डारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कोषाध्यक्षः बिक्रमराज कुवंरले संञ्चालन गर्नु भएको थियो । कार्यक्रमको र जडिबुटी व्यवसायी संघको बारेमा वरिष्ठ उपाध्यक्ष देवेन्द्र ढकालले प्रष्ट्याउनु भएको थियो ।
संस्थाको प्रतिवेदन मंजिव शाक्यले पढेर सुनाउनु भएको थियो । पहिलो सत्रको कार्यक्रम अध्यक्ष धन बाहादुर लामाले समापन गर्नुभएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा निर्विरोध चुनिएका पदाधिकारीहरुलाइ पद हस्तान्तरण गरिएको थियो । नयाँ कार्य समितिलाइ निवर्तमान भएका अध्यक्ष धन बाहादुर तामाङले सवैलाइ खादा र माला लगाएर स्वागत गरेका थिए ।
नयाँ कार्य समिति यस प्रकार रहेको छ ।
अध्यक्षः बिष्णु भण्डारी
वरिष्ठ उपाध्यक्षः मञ्जिव शाक्य
प्रथम उपाध्यक्षः कृष्ण कडेल
उपाध्यक्षः जंग बाहादुर गुरुङ
सचीवः सुनिलमान तुलाधर
सहसचीवः महेश बञ्जरा
कोषाध्यक्षः बिक्रमराज कुवंर
वरिष्ठ सदस्यः जगदिशचन्द्र घिमिरे
सदस्यहरुमा
मनोरथ गौतम
कमल कोइराला
महिला सदस्यमास् देशमाया लामा
सुदीप गौतम
सुरेश सापकोटा
माथि उल्लेखित कार्य समिति सर्वसहमतिवाट चयन भएका हुन् । शुरुमा अधिवेशनमा जाने निधो गरेर जडिबुटी व्यवसायी संघका वरिष्ट उपाध्यक्ष देवेन्द्र ढकाल, सचीव बिष्णु भण्डारी र वर्तमान अध्यक्ष धन बाहादुर लामाको उम्मेद्धारी घोषणा भएको थियो । व्यवसायीहरुले यसरी चुनावमा जादा बाहिर सन्देश नराम्रो जाने भन्दै छलफलवाट नै सहमति खोजौ भनेर सुझाव दिएपछि अध्यक्ष र उपाध्यक्ष द्धयले उम्मेद्धारी फिर्ता लिएपछि बिष्णु भण्डारी लगायत प्यानल नै सर्वसहमतिले चयन गरिएको कार्यक्रममा जानकारी दिएको थियो ।
ज्डिबुटी व्यवसायी संघको दुइ दुइ बर्षमा कार्य समितिको चयन गर्ने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend