जन आकाश

काठमाडौँ, रबिन्द्र नाथ कार्की स्मृति प्रतिष्ठानले १३५ जनालाइ सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगा कार्कीको सभापतित्वमा र नेकपाका केन्द्रीय सदस्य गंगा कार्की ( बिश्व ) को प्रमुख आतिथ्यतामा ज्येष्ठ नागरिकहरुलाइ दोशल्ला ओडाइ सम्मान गरेको छ । त्यसैगरी कार्यक्रमका बिशेष अतिथिहरु दोलखा जिल्लाका पुर्ब जिविस उपसभापति तथा नेकपा नेता शिव प्रसाद भण्डारी, माथिल्लो तामाकोशी जलबिधुत आयोजना जनसरोकार समितिका संयोजक तथा सामाजिक अभियन्ता दिब्यध्वज कार्की, अतिथिहरु नेपाली काङ्ग्रेस शैलुङ गाउँपालिका समिती सभापति दावा लामा, नेकपा दोलखाका नेता ईश्वर न्यौपाने, मिडिया मिसन नेपालका अध्यक्ष तथा प्रधान सम्पादक टेकनाथ न्यौपाने वडा नं ५ का वडा अध्यक्ष किरण बस्नेत, दिल कुमार तामाङ, चित्र बाहादुर कार्की, कुमार क्षेत्री, वीरेद्र माविका प्र.अ. खेमराज भट्टराइ लगायतका अतिथिहरुको उपस्थितीमा कार्यक्रम सम्मपन्न भएको थियो ।
यहि ७ गते दोलखाको शैलुङग गाउँपालिका वडा न. ५ भित्रका ज्येष्ठ नागरिकहरुलाइ स्वर्गीय रबिनद्रनाथ कार्कीको स्मृतिको अवसर पारेर सम्मान गरेको हो । २०२८ सालमा दोलखा जिल्लाको काटाकुटिमा जन्मनु भई २०४९ साल पौष ७ गते काठकाडौँमा सडक दुर्घटनामा परि मृत्यु हुनुभएका स्व कार्कीको पुण्य तिथीको अवसर पारेर आयोजित उक्त कार्यक्रममा शैलुङ गाउँपालिका वडा नं ५ का १३५ जना जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिष्ठानले दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नं ५ काटाकुटिमा आयोजित स्व कार्कीको स्मृति दिवसमा आयोजित सम्मान कार्यक्रममा गत कार्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दुर्घटनामा परि घाईते भएकाहरुलाई तत्कालै घटनास्थलमा पुगि डुङ्गाबाट सकुसल उद्धार गर्ने साहसिक र्याफ्टिङ्ग गाइड सोनाम लामालाई नगद रु १०,१०१ र ( सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
यसैगरी बिकट दुर्गमका सुत्केरी बेथा लागि सुत्केरी हुन नसकेका महिलाहरुलाई आफ्नै खर्चमा हेलिकप्टर चार्टरगरी उद्धार गरेर १० जनाको ज्यान बचाई सक्नु भएका घर आँगन नेपालका अध्यक्ष दिपक सिलवाललाई पनि सम्मान गरिएको थियो ।
यस्तै सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दुर्घटनामा परि घाईते भएकाहरुलाई तत्कालै घटनास्थलमा पुगि आपतकालिन स्वास्थ्य सेवा पुयाउने सिन्धु सदाबहार सामुदायिक अस्पतालका स्वास्थ्य कार्यकर्ता विकास कार्कीलाई समेत सम्मान गरिएको थियो ।

स्व कार्कीको स्मृति दिबस तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा त्यस कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गंगा कार्की ( बिश्वले ) समाजमा इमानदारिता, हराउदै गएको अवस्थामा प्रतिष्ठानले यो कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिकको सम्मान गरेकोमा राजनीतिक दलका नेताहरुले यसवाट पाठ सिक्नुपर्ने धारणा राख्नुभएको थियो भने अन्य वक्ताहरुले प्रतिष्ठानबाट गरिएका यस्ता सामाजिक कार्य अनुकरणीय भएको हुनाले सबैले सिक्नु पर्ने बताउनु भयो । स्व कार्कीले सानै उमेरमा राजनीति तथा गीत संगीतको माध्यमबाट सामाजिक जनचेतना जगाउन सक्रिय रहेर जिल्लामा पुर्याउनु भएको योगादानको अधिकांश वक्ताहरुले चर्चा गर्नुभएको थियो ।

मेख बहादुर कार्की तथा बालकुमारी कार्कीका जेष्ठ सन्तान स्व रबिन्द्र नाथ कार्कीको सम्झनालाई चिरस्थायी बनाउने र समाज सेवा गर्ने उद्देश्यले गठित रबिन्द्र नाथ कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष गंगा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व कार्कीलगायत सुकुटे बस दुर्घटनामा परि मृत्यु भएकाहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गदै मौन धारण गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य रामकृष्ण ढुङगेलले, सञ्चालन नारायण कार्कीले धन्यवाद ज्ञापन गोविन्द क्षेत्रीले गर्नुभएको थियो प्रतिष्ठानको बारेमा स्वर्गीय रबिन्द्र नाथ कार्कीका कान्छा भाइ हरिहर कार्कीले प्रकाश पारेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend