जन आकाश
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ आयोजित भब्य समारोहका राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक उदघाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपालका मौलिक संस्कृति झल्कने नाचगानका साथै आतिसबाजी समेत गरिएको थियो ।
सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल प¥यटन बोर्डले जानकारी दिएको तथ्याङ हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend