जन आकाश
धन बाहादुुर लामालाइ जसले नजिक वाट चिन्दछन् अदभुतको क्षमता भएका व्यात्ति m पाउदछन् देख्दा, हेर्दा सरल स्वभावका घन बाहादुर सिन्धुपाल्चोक जिल्लाको बलेफी गापाको वडा न. ७ मा जन्मनु भएका लामाले त्यस गाउँको समाज बिकाश र चेतनाको अभावलाइ झेल्दै स्कुल पढ्न थालेका थिएरे पछि २०३८ शालमा नेपाली सेनामा भर्ती भएका लामाले नेपाली सेनामा रहदासमेत आफ्नो इमानदारिता राष्ट्रप्रतिको निष्ठालाइ कहिल्यै कमजोर हुन दिएनान् र नेपाली सेनामा जवानवाट जागिर शुरु गरेका लामा उप सेनानी पदवाट अपकाश भएका हुन् उनले २०६८ मा नेपाली सेनावाट अवकाश लिएपछि सेनामा श्री बिकाश कार्यदल गणको काममा खटिदा डोल्पा, रोल्पा, रुकुमका क्षेत्रमा जादा देखेको नेपालका जडिबुटी र सिन्धुपाल्चोकमा बाल्यकाल छदा देखेका थाहा पाएका जडीबुटीहरु त्यतिकै बनमा बर्षेनि कुहिएर जानुभन्दा त्यसलाइ बजारमा पु¥याइ बेच्न पाए गाउँमा रहेका किशानलाइ पनि केही रकम कमाउने र ब्यापार गर्दा आफैले पनि केहि आम्दानी गर्न सकिने त्यसको साथसाथै राष्ट्रलाइ राजश्व सम्म बृद्धि गर्न सकिने सम्झेर २०६७ सालवाट नै डि जम्बला जडिबुटी प्रा.लि. दर्ता गरेर व्यवसाय शुरु गरिसकेका थिए भने त्यसको १ बर्षपछि त नेपाली सेनावाट अबकाश पाएपछि झनै खुलेर जडिबुटीको काम गर्दा आनान्द नै अकै भएको बताउनुहुन्छ । धन बाहादुर लामा सामाजिक काम असाध्यै मन पराउने हुनाले जडिबुटी व्यवसायी संघको संस्थापक दोर्जे लामाको नेतृत्वमा गठन भएको जडिबुटी व्यवसयी संघ नेपालको संस्थापक सदस्यको रुपमा काम गर्नुभयो त्यसपिछि भरत कुमार बस्नेत, राकेश अग्रवाल अध्यक्ष भएका कार्यसमितिमा पनि कार्यसमिति सदस्यको हैशियतमा काम गरेपछि २०७३ सालमा ८ औ साधारणसभावाट सवै जडिबुटी व्यवसायी साथीभाइको मन जित्न सफल हुनुभयो र धिमा गतिमा चलिरहेको जडिबुटी व्यवसायी संघका राकेश कुमार अग्रवाल निस्क्रिय रुपमा रहेको अवस्था र संघका संस्थापक अध्यक्ष दोर्जे लामाको २०७२ को महाभुकम्पमा मृत्यु भएपछि र धन बाहादुर लामाले आफ्नै परिवारको जेठो छोरालाइ भुकम्पमा गुमाउनु परेको थियो ।
त्यो कठिन र समालि नसक्नु अवस्थावाट आफ्नो परिवारलाई संगाल्दै र जडीबुटी व्यवसायी संघ नेपाललाइ क्रियाशील गराउन धन बाहादुरले अध्यक्षको जिम्मेवारी लिनुभयो । अध्यक्षको जिम्मेवारी लिने बित्तिक्कै काठमार्डौको ढल्कुमा रहेको संघको कार्यलयलाई अन्तराष्ट्रिय ब्यापारिक केन्द्र ठमेलको ज्याठामा सारेर नेपाली जडिबुटीको प्रचारमा अहम भुमिका खेल्नुभयो ।
उहा अध्यक्ष हुनुपूर्व संघमा जम्माजम्मी ४५ जना सदस्य रहेको जडिबुटी व्यवसायी संघ नेपालको सदस्य संख्या आफ्नो कार्यकालमा २०० भन्दा बढी पु¥याउनु भयो ।
त्यसैगरी उहाको कार्यकाल भन्दा अगाडिका कार्यसमितिले कार्यलय चलाउन समेत धौ धौ भएको संघलाइ धन बाहादुर अध्यक्ष भएको कार्यकालमा अक्षय कोष मात्रै १० लाख रुपैयाको स्थापना गरेको छ ।
त्यसै गरी नेपालको जडिबुटीहरुलाइ अन्तराष्ट्रियस्तरमा चिनाउन पहल गरेको र जर्मनमा भएको अन्र्तराष्ट्रिय जडिबुटी एक्पोमा नेपालको प्रतिनिधित्व गदै जडिबुटी व्यवसायी संघले भाग लिन सफल बनाउनु भयो साथसाथै बंगलादेशमा एक्स्पो गरेर नेपालको जडिबुटीलाइ प्रचार प्रशार गर्न सफल गरेको, फेडेरेशन नेपाल नामक अन्तराष्ट्रिय एक्सपोर्टमा नेपालको जडिबुटी व्यवसायी संघ उपाध्यक्षको हैशियत पाउन सफल गराएको अन्तराष्ट्रियस्तरमा नेपालमा ४ हजार वटा महत्वपुर्ण जडिबुटी पाईन्छ भन्ने जानकारी गराउन सफल भएको जस्ता महत्वपुर्ण कार्य गरेर हाल निर्वमान भएकाृ सार्थै सल्लाहकार समितिमा मनोनित धन बाहादुर लामाले आफ्नो अध्यक्ष कार्यकाल सफल बनाएको १० औ साधरणसभामा भव्य र सफल बनाएको भन्दै व्यवसायीहरुले साधरणसभाको कार्यक्रममा प्रशंसा गरेका थिए । यहि पौष ११ गते नयाँ बजारस्थित सम्राट पार्टी प्यालेसमा १० औ साधारणसभामा बिभिन्न ब्यक्तित्वहरुले धन बाहादुर लामाको अध्यक्षको कार्यकाल राम्रो भएको भनेर बधाइ समेत दिएका थिए ।
धन बाहादुर लामा जडिबुटी व्यवसायी मात्र नभएर बिभिन्न संघ÷संस्थाहरुमा रहेर सामाजिक काम समेत गदै आउनुभएको कुरा स्वयमले बताउदै आएका छन् । उहाको श्रीमति एक छोरा र छोरी रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend