जन आकाश
कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा मिति पुस १७ गते बिहीबारका दिन काठमाडौको डिल्लीबजार स्थित अमृत भोग क्याटेरर्समा मा सम्पन्न भएको छ । प्रविधिको स्तरोन्नती, नयाँ ग्राहक भित्राउन तथा व्यवसाय विस्तारको निमित्त बृहत शाखा सञ्जाल एवं दक्ष तथा अनुभवी जनशक्ति प्राप्तिमा गरिएको लगानी आदिका बाबजुद यस आर्थिक वर्षका ेनाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष्य सुदिप आचार्यले बताउनु भएको थियो । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. २,५४,०१,९५,३५२.०० को ६.८ प्रतिशतका दरले हुनआउने रकम रु. १७,२७,३३,२८४÷– नगदलाभाँश वितरणगर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष्य सुदिप आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५÷०७६ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिकतथा बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नु भएको थियो । साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा पुग्ने उक्त साधारण सभामा बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा बैंकको दीर्घकालिन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडिबढेको बताउनु भएको थियो ।
बैंकका अध्यक्ष्य सुदिप आचार्यको अध्यक्ष्यतामा बसेको साधारणसभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनी महानुभावहरु ल्गायतको उपस्थित रहेको थियो । सबैलाई मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो भने सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गर्नु भएको थियो । शेयरधनीहरुले उठाउनु भएका विभिन्न जिज्ञासाहरुको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष्यी सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसाद लम्सालले गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend