जन आकाश
एन आई सी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवल, बिच एन आई सी एशिया बैंकका सम्पुर्ण ग्राहक महानुभावहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पछि ग्रहकहरुले तिनाउ हस्पिटलामा सेवा सुबिधा प्रप्त गर्ने छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend