logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कृषि बिमा सवै ईन्सुरेन्स कम्पनीलााई बाडफाड


  • जन आकाश
  • सोमबार, पुष २१ २०७६

काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले कृषि बिमा गाउँगाउँमा पुर्‍याउन बिमा कम्पनीहरुलाई जिल्लाहरु बाडफाड गरि दिएको छ । समितिले २० निर्जीवन बिमा कम्पनीहरुलाई जिल्लागतरुपमा भाग लगाइदिएको हो ।
समितिले केही समयअघि बिमा कम्पनीहरुले घुम्ती बिमा सेवा सञ्चालन गर्न सक्ने कार्यविधि बनाएको थियो । सोही कार्यविधि अनुसार बिमा कम्पनीहरुले अब आफ्नो भागमा परेको जिल्लामा कृषि बिमा सेवा पुर्‍याउनु पर्नेछ ।
समितिका अनुसार ७७ वटै जिल्लामा घुम्ती सेवामार्फत कृषि तथा पशुपन्छी बिमा गर्नुपर्नेछ । कृषकलाई बिमासम्बन्धी जनचेतना जगाउने र बिमाका लागि अभिप्रेरित समेत गर्नुपर्ने गरी कार्यक्षेत्र तय गरिएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भनाइ रहेको छ ।
मुलुकका ७७ जिल्लामध्ये काठमाडौँ र भक्तपुर जिल्लामा सबै बिमा कम्पनीलाई कार्यक्षेत्र तोकिएको छ भने बाँकी ७५ जिल्लालाई भाग लगाइएको छ ।



कसको भागमा कुन जिल्ला ?

,जनरल इन्स्योरेन्स कम्पनी स्रसुवा, सिराहा र पर्सा

अजोड इन्स्योरेन्स गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहट

एभरेष्ट इन्स्योरेन्स कम्पनी कालीकोट, दैलेख, सुर्खेत र बर्दिया

सगरमाथा इन्स्योरेन्स कम्पनी मुगु, जाजरकोट र जुम्ला

एनएलजी इन्स्योरेन्स डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके,

प्रभु इन्स्योरेन्स मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा

सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही

राष्ट्रिय बिमा कम्पनी बझाङ, डोटी र कैलाली

युनाइटेड इन्स्योरेन्स कम्पनी हुम्ला, बाजुरा र अछाम

नेपाल इन्स्यारेन्स कम्पनीे दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर

आइएमई जनरल इन्स्योरेन्स सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा

लुम्बिनी जनरल इन्स्योरेन्स संखुवासभा, भोजपुर, खोटाङ र उदयपुर

नेको इन्स्योरेन्स ताप्लेजुङ, पाँचथर, इलाम र झापा

दि ओरिइण्टल इन्स्योरेन्स धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी

नेशनल इन्स्योरेन्स रोल्पा, प्यूठान, दाङ र अर्घाखाँची

प्रुडेन्सियल इन्स्योरेन्स गोरखा, लमजुङ, तनहुँ, परासी

शिखर इन्स्योरेन्स चितवन, मकवानपुर, धादिङ र नुवाकोट
सानिमा जनरल इन्स्योरेन्स कपिलवस्तु, नवलपुर र मोरङ

हिमालयन जनरल इन्स्योरेन्स सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा
प्रिमियर इन्स्योरेन्स कम्पनी दोलखा, रामेछाप, सिन्धुली र सर्लाही
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समेत कृषि बिमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापी रुपमा लागू गर्ने लक्ष्य राखेको छ ।
सरकारको लक्ष्य हासिल हुने गरी निर्जीवन बिमा कम्पनीहरुलाई जिल्ला तोकेर कृषि बिमा व्यवसाय गर्न निर्देशन दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend