जन आकाश
काठमाडौं नेकपा नेकपाले ३ न. प्रदेशको राजधानी हेटौडामा राख्ने निर्णय गरेको केही समय बित्न नपाउदै देश अस्तब्यस्त हुने सम्भावना बढ्यो भलै नेकपा नेकपा ले गरेको गल्ती ७२ घण्टापछि सच्यायो भनेर बाहिर हल्ला फिजाइएको छ । तै पनि ३ न. प्रदेशका जनताहरु बिश्वस्त भइसकेका छैनान् । देश संघियतामा गइसकेपछि केन्द्रीकृत राज्य प्रणालीलाइ बिकेन्द्रीकृत गरेर बिकाश नपुगेका ठाउँहरुमा संघ, स्थानिय निकाय स्थापना गरी बिकाशका कामहरु छिटोे छरितो ढंङगवाट गर्ने उदेश्यले स्थापना भएको संघियता राजनीतिक पार्टीका प्रभावशाली मानिने नेताको गाउँ, ठाउँ पायक पारेर जनताको सेवा सुविधालाई भन्दापनि नेताका पोल्टाहरुलाइ बलियो बनाउन बलजफ्ती गर्न लागेका लाग्यै गरिरहेका छन् । ३ न. प्रदेशको राजधानिको बिषयमा त्यही भइरहेको छ ।
३ न. प्रदेशको राजधानी १३ वटै जिल्लालाइ पायक पर्ने ठाउँमा राख्नुपर्ने जनताहरुको माग रहेको छन् । तर सरकारमा दुइतिहाइको दम्भ देखाउने सरकार भने सवैभन्दा कुनो पर्ने ठाउँ हेटौडामा राजधानी राख्न बलजफ्ती गरेको ग¥यै छ ।
यसो भइरहनुले नेपालको व्यवस्था तरिकाले होइन नेताका र्निदेशनले चल्छन् भन्ने देखाउछ । यस्तै घटनाहरु बिगतका सरकारहरुले पनि गर्ने र्गर्थे । त्यसैको पुनराबृति गर्ने गरी अहिलेको सरकारले पनि संविधान र जनताको भावना बिपरित कामहरु गरिरहेको देखिन्छ । यो नेपाल र नेपालीहरुको लागि सुभ संकेत होइन ।
यही अवसरमा बिरोध हुन्छ भनेर सुचना प्रविधि विधेयक यही बेलामा सदनमा पेश गरिएको छ । पत्रकारहरुले अव देशका जनताले व्यहोर्नु परेका पीडा अप्ठ्यारा नलेखुन र सरकारले गरेका गल्तीहरु नलेखुन भनेर उक्त कार्यलाइ अगाडी बढाएको देखिन्छ ।
नेकपा नेकपाले अर्को चलाखी के गरेको देखिन्छ भने अरुले बिरोध नगरुण र आफ्नै पार्टीका नेताहरुलाइ बिरोध गर्न लगाएर भित्रभित्रै प्रदेशको राजधानी हेटौडालाइ नै कायम गराउने दाउमा देखिएका छन् ।
नेकपा नेकपाका नेताहरु बिशेष गरेर दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली,काभ्रे, नुवाकोट, धादिङ, ललितपुर, लगायत जिल्लाहरुमा नेकपा नेकपाले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा प्रप्त गरेको एकलौटी मत जोगाउन तिनै जिल्लाका नेताहरुलाइ बिरोध गरेको जस्तो गराउने र हेटौडामा राजधानी राखेरै छाड्ने दाउमा नेकपा नेकपा देखिन्छ । नेकपा नेकपाको यस्तो कार्य ३ न. प्रदेशका जनताहरुको बिरुद्धमा देखिन्छ । छ ।
यता कांग्रेस पार्टीका केही नेताहरुले ३ न. प्रदेशको राजधानी सवैलाइ पायक पर्ने ठाउँमा सार्नुपर्छ भनेपनि केही नेताहरु चै कांग्रेसले नेतृत्व गरेको सरकारको पालामा अस्थाइ राजधानी हेटौडामा राख्ने निर्णय गरेको भनेर त्यसैलाइ निरन्तरता दिन लागेको देखिन्छ । जसको कारण ३ न. प्रदेशको राजधानीको बिषयले भबिष्यमा नेकपा नेकपा र नेपाली कांग्रेसलाइ ३ न. प्रदेशका जनताले राम्रैसँग बहिष्कार गर्ने सम्भावना बढेको छ । यो बिषयले ३ न. प्रदेशमा बैकल्पिक शक्तिको खोजिमा जनताहरु रहेको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जिल्ला रामेछापवाट नेकपा माले, संयुक्त राप्रपा, राप्रपा लोकतान्त्रिक, लगायत दलहरुले ३ न. प्रदेशको राजधानीको बिषयमा बिभिन्न तरिकावाट आन्दोलनका कार्यक्रम गर्ने जानकारी दिइसकेका छन् । दोलखामा आन्दोलनको तयारी भइरहेको, नुवाकोटमा ३ न. प्रदेशको राजधानी पायक पर्ने ठाउँमा नसारे भिषण आन्दोलन गर्ने तयारी भइरहेको स्वतन्त्र नागरिक समाजले जानकारी दिएको छ ।
यस्तै अवस्था सृर्जना भइराख्ने हो भने संघियताका बिरोधि पक्षले पक्कै पनि जनताको आर्कोशलाई मलजल गर्न सक्छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।
वर्तमान सरकार नै सघियता धरापमा पार्न लागेको आरोप लागिरहेको बेला थप यस घटनाले सरकारले गरेको ष¥यन्त्रपुर्वक गरेको ३ न. प्रदेशको राजधानी हेटौडामा राख्न बलजफ्ती गर्नु बिगतको सरकार भन्दा पनि जनबिरोधि सरकार भएको भनेर जनताहरुले आरोप लगाउन थालेका छन् ।
सरकारका गतिबिधि हेर्दा र काम गर्ने शैली पनि त्यस्तै देखिदा स्याल कराउनु र कुखुरा हराउनु उस्तै समय परे जस्तै गरी नेपालको स्थाइ शान्तिमा नै असर पुग्ने सम्भावना बढेर गएको छ । नेपाल भ्रमण बर्ष २०२० मनाइ राखेको अवस्थामा ३ न. प्रदेश नेपालको केन्द्रीय राजधानी भएको ठाउँ याहाको हरेक कारण र प्रभावले सिंगो देशमा प्रभाव पर्ने हुदा समयमा नै सम्बन्धित पक्षहरुले यो ३ न. प्रदेशका झण्डै १ करोड जनसंख्या भएको प्रदेशको राजधानीमा सावधान अपनाएर काम गर्नुपर्ने देखिन्छ । त्यसो गरिएन भने जनताको आर्कोशको भिषण आधिभेरी रुप लिदै निकट भविष्यमा खतराका संकेतहरु निर्माण हुन सक्छन् । बेलैमा सम्बन्धित पक्षको आखा खुलोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend