logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जग्गा कारोबारीहरुको निर्देशन मान्दै नेकपाले ३ न प्रदेश राजधानीको लागि हुइप जारी ग¥यो


  • जन आकाश
  • बुधबार, पुष २३ २०७६

हेटौडा भइरहेको प्रदेशसभाको बिषयले यतिवेला नेपालको ध्यान तानेको छ । प्रदेशको राजधानी हेटौडामा बनाउदा अन्य जिल्लाहरुलाइ अपायक पर्ने भनेर १३ वटा जिल्ला मध्य हेटौडा बाहेक १२ वटा जिल्ला नै यतिवेला आन्दोलित भइरहेका छन् । तर डबल नेकपाले भने आफ्ना पार्टीका प्रदेश संसदहरुलाइ बालुवटारवाट हुइप जारी गरेर जाहानियाँ राणासाशन र्बिसाउने गरी निर्देशन दिईरहेको छ ।
त्याहा बालुवाटार प्रधानमन्त्री कार्यलय पुग्दा हाम्रा संवाददाताहरु सँग ३ न. प्रदेशको राजधानधी हेटौडा राख्न निर्देशन जारी भएको बिषय के हो ? भनि प्रश्न गर्दा नेकपा कै एक नेताले अहिलेको सरकार जग्गा कारोबारीहरुको निर्देशनमा चल्ने गरेको र हेटौडामा राजधानी राख्न ति नै जग्गा कारोबारी हरुको कुरा सुनेर बर्तमान नेतृत्वले राजधानी हेटौडावाट दायाँबायाँ गर्नु हुदैन भनरेर हुइप जारी गरेको प्रतिक्रिया दिएका छन् ।
नेपालको स्थाइ बिकाश चाहाने र केन्द्रीकृत राज्य प्रणालीलाई बिकेन्द्रीकृत अवधारणामा लगरे भुगोलको अवस्था, बनोट साथै स्थानिय अधिकारलाई सुनिश्चित गर्न भनेर बनाईएको २०७२ को संविधानको उल्लघन गदै डबल नेकपाले नेपालको संविधान बिरोधि काम गर्न लागेको आरोप सवैतिरका जनताले गर्न थालेका छन् यो संघिय संबिधान असफल बनाउन यो वर्तमान सरकार लागेकोसमेत आम नागरिकको बझाई आउन थालेको छ ।
े अर्कोतर्फ बिशेष गरेर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, नुवाकोट, रसुवा, धादिङ, बाट जनताको भोट पाएर संसद भएका र आफ्ना जिल्लाहरुलाई अपाएक पर्ने ठाउँमा राजधानी सार्दा त्याहाका जनताहरुलाई पर्ने समस्यार त्यो समस्याले भोलिका दिनमा तिनै नेकपावाट राजनीति गरिरहेका संसदहरुको राजनीतिक भबिष्य समेत के हुने भन्ने चिन्ताले यतिवेला डबल नेकपामा निक्कै संन्त्रास फैलिएको छ । त्यसको साथसाथै बिगतमा नेकपावाट स्थानीय जनप्रतिनिधि बनेका र जिल्लाका प्रदेश संसद, सघिय संसद बनेका संसदहरु यतिबेला रोईकराइ गरे पनि बालुवाटारको हुइप, प्रचण्डको हेटौडामा नै पुगेर गरेको रुलिङले नेपालको डबल नेकपा अव कम्युनिट पार्टी नरहेको र जाहाँनियाँ केपी सरकार भएको र जाहाँनियाँ पुष्पकमल भएको आमबृतमा चर्चा चल्न थालेको छ ।
काग्रेस किन मौन ?
नेपाली काग्रेस पार्टीको नेतृत्वको सरकारको पालामा ३ न. प्रदेशको अस्थाई राजधानी हेटौडा राख्ने निर्णय गरेको थियो त्यतिवेला पनि बिरोध भएको थियो । र त्यतिवेला बिरोध हुदा यिनै नेकपाका नेताहरुले हाम्रो दुइतिहाई छदैछ । दुईतिहाइको बहुमतले सवैलाइ पाएक पर्ने ठाउँमा सारिहाल्छौ भन्दै ३ प्रदेशको राजधानीको बिरोध गर्न रोकेर राखेका थिए अहिले नेकपाका नेताहरुको आश्वसन झुटमा परिणत भएको छ ।
नेपाली काग्रेस यतिवेला सायद सुतेको होला किनकि नेपाली काग्रेसलाइ २०७४ को निर्वाचनमा जसरी जनताले सुताइ दिए । त्यो अहिले आएर पुष्टि हुदै गएको छ । नेपाली काग्रेसका केही कार्यकर्ताले ३ न. प्रदेशको राजधानी हेटौडामा राख्दा धेरै जिल्लाहरुलाई अपाएक पर्छ भनेको भन्यै छन् तै पनि पार्टी निदाएको नाटकमा छ वा साच्चै जनताको पक्षमा काम गर्ने समयमा काग्रेस निदाउने गर्ने गरेको हुनाले पनि हुन सक्छ २०७४ को निर्वाचनमा ब्यहोरेको मत परिणाम यस्तै अवस्था रहने हो भने नेपाली कांग्रेसको रचनामत्क प्रतिपक्ष नाम मात्रको हुने छ र नेता बन्नका लागि सदनमा भाषण गर्ने छन् । जनताको पार्टी भने हुन सक्ने देखिदैन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend