logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

टोकरपुरमा ट्रकले बच्चा किचेपछि तनाव


  • जन आकाश
  • शुक्रबार, पुष २५ २०७६

रामेछाप रामेछापको दोरम्बा गापामा वडा न. ३ जाहा दोरम्बा गापाको मुकाम समेत रहेको छ । त्यही ठाउँमा हिजो बा २ क ९००९ न. को ट्रकले ड्रिमल्याण्ड मन्टेश्वरीमा अध्ययनरत ६ बर्षिय छात्रा प्रतिभा कडेल मन्टेश्वरीवाट घर फर्कने क्रममा ट्रक घुमाउदै गरेको अवस्थामा पछाडीको चक्काले प्रतिभालाइ किचेको र निजको सोही स्थानमा नै मृत्यु भएको त्याहाका प्रहरी प्रमुख सानु तामाङले हामीलाई जानकारी दिएका छन् । सोही बिषयलाई लिएर हिजो देखि टोकरपुर तनावमा रहेको छ । गाडी चालक उमेश थापामगर ट्रक धनीका छोरा हुन् ट्रक धनी प्रेम थापामगरले चलाउदै आएका थिए तर कहिले काही बुबा नभएको बेला उमेशले चलाउदै आएका थिए हिजो पनि उमेशले चलाएको टोकरपुरका बासिन्दाले बताएका हुन् । उक्त र्दुघटना भएपछि चालक हिजो नै भागेका छन् । र उनको खोजिमा प्रहरी लागेको भएपनि अहिलेसम्म पत्तो नलागेको र प्रहरीले खोजि गरिरहेको जानकारी टोकरपुरका प्रमुखले बताए तर हिजो देखि चालक हराएको बिषयलाई लिएर मृतकका आफन्तहरुले आर्कोश ब्याक्त गरिरहेका थिए भने कतिपयले ट्रकमा आगजनि गर्न खोजेका थिए ।
मृतक पनि यही गाउँको र चालक पनि यही गाउँको कानुनी प्रक्रिया छदैछ भनेर गाउँका अगुवाहरुको आग्रहमा ट्रकलाइ आगो लगाउन वाट जोगाएका थिए । ट्रक चालकका बुवा आमालाई यतिवेला प्रहरी कार्यलयमा प्रहरीको निगरानीम राखिरहेको छ त्यस बिषयलाई लिएर सिर्गाछे तर्फका मानिसहरु र खोलावारीका गाउलेहरु बीचमा एक अर्काको पक्ष लिदा विवाद निक्कै चर्केर तनाव समेत उत्पन्न भईरहेको त्यहावाट हाम्रा संवाददाता धन बाहादुर थापाले जानकारी दिएका छन् । भने प्रहरी प्रमुख सानु तामाङले केही छिनमा मृतक छात्राको पोष्टमार्टम गर्न पठाउने र दोषीलाई कानुनी कारवाही अगाडी बढाउने जानकारी दिएका छन् । जनआकाश मिडियाको कार्यलयवाट हामीले टोकरपुर प्रहरी प्रमुखलाइ तनाव उत्पन्न भएको जानकारी आएको छ अवस्था के छ भनेर बुझ्दा मान्छे मरेको छ आक्रोश हुनु स्वभाविक हो । तर प्रहरीले मुठभेटमा आउन दिदैनौ कानुनी प्रक्रिया अगाडी बढ्छ भन्ने प्रतिक्रिया दिएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend