जन आकाश
रामेछाप ।
हिजो उमेस थापामगरले चलाएको ट्रकले ६ बर्षिए बालिका प्रतिभा कडेलको मृत्यु भएको थियो मृत्यु पश्चात उमेस थापा मगर गाडी छोडेर भागेका थिए । प्रहरी उनलाई खोज्दै उनका घर पुगेको थियो उमेस डरले त्याहा नबसी मामा घर गौश्वरा पुगेका रहेछन् त्याहीवाट हामीले उनलाई समातेर लिएर आएका हौ एक प्रहरीको भनाईलाई उदघृत गदै त्यहाका हाम्रा सवाददाताले जनाएका हुन् । आज नै उमेसलाइ मन्थली लगिएको छ । भने मृतकलाई पोष्टमार्टमको लागि पठाइएको त्यहाका प्रहरी प्रमुख सानु तामाङले जानकारी दिएका छन् ।
लास सँगसगै टोकरपुरका अगुवा नेताहरु पनि मन्थली गएका छन् नेपाली काग्रेसका लव बाहादुर मगर, नेकपाका तुल प्रसाद कडेल लगायत गाउको कुरा गाउमा नै मिलाउनु पर्छ भन्दै उनिहरुले जोड गरिरहेको प्राप्त जानकारीमा आएको छ । चहालकले नियतबस दुर्घटना नगराएको र अचानक पछाडीको चक्काले किचेको हुदा मिलाउनु नै बेस हुन्छ भन्दै राजनीतिक पार्टीका नेताहरु लागिपरेको जानकारी हामीलाइ प्रप्त भएको हो । बिहानसम्म पीडित पक्षलाई १२ लाँख क्षतिपुर्ति दिने र केश अगाडी नबढाउने सहमति गराउन ट्रक धनी पक्षले आग्रह गरेको थियो तर पीडित पक्षले नमाने पछि अन्तत केश जिल्लामा गएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend