logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बज्र फाउण्डेशनको उदघाटन सम्पन्न


  • जन आकाश
  • शनिबार, पुष २६ २०७६

काठमाडौं बज्र आर्य फाउण्डेशन नेपाल आज विधिवत रुपमा उदघाटन भएको छ ।
बज्र फाउण्डेशनको आगनमा आज बिहान १० बजेवाट कार्यक्रम गरी फाउण्डेशनको औपचारिका उदघाटन गरिएको हो । लामा अभयकर लामाको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेकपाका नेता तथा संघिय संसद गंगा बहादुर दोङ रहेका थिए । भने बिशेष अतिथिमा नागरर्जुन नपाका ५ का वडा अध्यक्ष महेश रिमालको बिशेष अतिथिमा र अतिथिहरुमा नेकपाका पुर्व मन्त्री केशव बहादुर बुढाथोकी , गोरखा पत्र संस्थानका पुर्व अध्यक्ष गोबिन्द पोखेल, बिभिन्न गुम्बावाट आएका लामाहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।




आजको आकर्षणको रुपमा क्यानेडिएन नागरिक काशिम जो नेपालमा बिभिन्न क्षेत्रमा सहयोग गदै आएका ब्याक्ति रहेको जानकारी गराइएको थियो । र बज्र आर्य फाउण्डेशनलाइ पनि क्यानेडिएन नागरिक काशिम काशिमको सहयोग रहेको जानकारी गराइएको थियो ।
कार्यक्रमलाइ सम्बोधन गदै फाउण्डेशणका उपाध्यक्ष मानदास लामाले कार्यक्रममा सामाजिक काम अत्यन्तै चुनौतिपुर्ण रहेको र त्यो चुनौतिपुर्ण काम गर्न आफुहरु तयार भएको बताएका थिए । फाउण्डेशनको सचीव कान्ति लामाले दानको बारेमा र फाउण्डेशनको बारेमा प्रकाश पारेकी थिइन ।
कार्यक्रमलाई सम्बोधन गदै फाउण्डेशनका अध्यक्ष अभयकर लामाले फाउण्डेशन स्थापना गर्न पाउदा अत्यन्तै गौरव महसुस भएको बताएका थिए ।

 

 


र कार्यक्रममा नेपालका बालबच्चाहरुलाइ बौद्ध दर्शन सम्बन्धि शिक्षा प्रदान गर्ने र ब्यवस्थित बसोवास, भोजन, पोषण साथै नेपाल सरकारको नीति अन्र्तगतको शिक्षा प्रदान गरेर संस्थाको अन्य उदेश्य समेत समेटेर काम गर्दै जाने प्रतिबद्धता ब्याक्त गरेका थिए ।
उदघाटन बौद्ध संस्कृति अनुसार दियोमा बक्ति बालेर क्यानेडिएन नागरिक काशिमले गरेका थिए । भने भवनको उदघाटन आजका प्रमुख अतिथि गंगा बहादुर दोङले गरेका थिए ।
कार्यक्रममा केक काटेर आमन्त्रित सवैलाई बाडिएको थियो । कार्यक्रममा बिभिन्न गुरुहरुले मोलम पढेर कार्यक्रममा बौद्ध दर्शनको महत्वलाई बढाएका थिए ।
कार्यक्रम सम्पन्न पछि अभयकर लामाले आमन्त्रित सवैलाइ कार्यंक्रममा आइदिनु भएको धन्यवाद दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend