logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लेम्बाबेशी युथ क्लबले माघे संक्रान्त्रि महोत्सव गर्ने

भव्यताका साथ सफल हुने आयोजकको दावी


  • जन आकाश
  • शनिबार, पुष २६ २०७६

काभ्रे  काभ्रेको रोशी गाउँपालिकास्थित वडा नं. ४ मा पर्ने गुप्तेश्वरी माहादेवको महत्व र नेपालीहरुको जाडो मौसममा पर्ने महत्वपुर्ण चाड माघे संक्रान्त्रिको अवसर पारेर सानीखोला लेम्बा वेशीमा सानीखोला लेम्बा वेशी युथ क्लबले बृहत सानीखोला महोत्सव गर्न लागेको जानकारी दिएको छ सानीखोला लेम्बावेशी क्लबका अध्यक्ष श्री निर्मल लामाको भनाइ अनुसार काभ्रेको सानीखोला लेम्बा वेशीको महत्व उजागर हुन नसक्दा हाम्रा मौलिक संस्कृतिक, धार्मिक, पहिचानहरु हराउदै गएको हुनाले हामीले यस बर्षवाट आफ्ना गाउँ ठाउँमा भएका सांस्कृतिक, मौलिक, धार्मिक महत्वहरुलाई काभ्रे मात्र नभई अन्य ठाउँमा समेत प्रचार गरेर बिकाश गर्न लागिपरेको हामीसँग कुराकानी गरी बताएका हुन् ।



हाम्रो कला, संस्कृतिलाई जगेर्ना गरौं, पहिलो सानीखोला बृहत माघेसंक्रान्त्रि मेला सफल पारौं भन्ने मुल नाराका साथ आयोजकले सवै तयारी पुरा गरिसकेको र काभ्रेको सानीखोला लेम्बावेशीमा रहेको गुप्तेश्वरी माहादेवको महत्व प्रचार प्रसारको अभावमा पछाडी परेको हुनाले साथै त्यस सानीखोला लेम्बा वेशीमा बर्षेनि लाग्ने मेलामा कसैले पनि ब्यवस्थापनमा चासो नदेखाएको हुदा यस पटकवाट गाउकै युवाहरु मिलेर सानीखोला लेम्बाबेशी युथ क्लबले मेलाको ब्यवस्थापन, मौलिक सांस्कृतिक , धार्मिक आस्था रहेको क्षेत्रलाइ पहिचान गराउन भुमिका खेल्ने उदेश्यले पहिलो सानीखोला लेम्बावेशी महोत्सव गर्न गइरहेको जानकारी आयोजकले दिएको हो ।
कार्यक्रममा नेपाली काग्रेसका पुर्व संसद तिर्थ लामा प्रमुख अतिथि रहने छन् भने बिशेष अतिथिमा रोशी गाउँपालिकाका अध्यक्ष डिबी मोक्तान र नेकपाका युवा नेता  अमित लामा रहने साथै प्रख्यात कलाकारहरुको दमदार प्रस्तुति पनि हुनेछ भनि जानकारी दिएको छ । कलाकारहरु गायक बिजय लामा, गायिका जितु लोप्चन, गायक बिशाल काल्तान, सुनिल गिरी, लनम लामा, र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने जानकारी प्राप्त भएको हो । काभ्रेको रोशी गाउँपालिकाको यो महोत्सव पहिलो र ऐतिहासिक हुने पनि आयोजकको दावी रहेको छ । आउदा दिनमा रोशी गाउँपालिका अन्तरगतको ४ न. वडामा भएका महत्वपुर्ण मठ, मन्दिर गाउँको बिशेषताहरुलाई उजागर गर्न समाजलाई चेतनशील गराउन भुमिका निर्वाह गदै क्लबले काम गर्न लागेको त्यसका लागि सानीखोला लेम्बा वेशी युथ क्लबका युवाहरु लागि परेको क्लबका युवाहरुले क्रमश धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend