logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

३ न. प्रदेशसभा सदस्यहरुको बिचल्ली

पिसाब फेर्न जादा पनि निगरानी


  • जन आकाश
  • शनिबार, पुष २६ २०७६

काठमाडौं ३ न. प्रदेशसभाले भोलि प्रदेशको नाम र स्थान तोक्दै छ । मोटामोटी रुपमा नेकपा नेकपा भनिएको सरकारको समेत नेतृत्व गरिरहेको पार्टीका दुईतिहाई भन्दा बढी प्रदेशसभा सदस्यहरु यही नेकपा नेकपा भनिएकाहरु नै छन् तिनिहरुलाई नेकपा नेकपाले हुइप जारी गरेर ३ न. प्रदेशको राजधानी हेटौडा नै हुनुपर्छ त्यसमा कोही कसैले दायाँ बायाँ गरेमा पार्टी छोडेर जानुपर्ने धम्की नेकपा नेकपाको नेतृत्वले गरेको खबर आएको आयै छ ।
अर्को अचम्मको खवर के छ भने कडा निगारानीमा प्रदेशसभा सदस्यहरु रहेको हेटौडावाट हामीलाई उच्चस्रोतले जानकारी दिएको छ । प्रदेशसभा सदस्यहरुलाई पिसाब फेर्न जादा समेत निगरानीमा राखेर ३ न. प्रदेशको राजधानी हेटौडालाई पास गराउन लागि परेकाछन् । प्रदेशसभाका सदस्यहरुलाई नेकपाका माथिल्ला नेताहरुले धम्काउदै दायाँ बायाँ गरेमा राजनीति सिध्याईदिने भन्दै तनावमा राखेको र प्रदेशसभा सदस्यहरु मर्नु र बाच्नुको अवस्थामा पुगेकाछन् । जनताहरु आन्दोलका लागि राको बाल्न तयारी अवस्था छन् भने नेताहरु जिल्ला जिल्लामा कतिवेला फर्केलान् र तिनलाई घेरेर कारवाही गरौला भनि पर्खिरहेको ३ न. प्रदेश टाढा पर्ने जिल्लाहरुका जनताले आर्कोश पोखिरहेको चोक चोकमा देख्न सकिन्छ ।
बिशेष गरेर हेटौडामा नै राजधानी किन जोड गरेका हुन नेताहरुले बुझिनसक्नु छ । ३ न. प्रदेशका जनताहरुको भावना बिपरित छ भन्ने जान्दा जान्दै नेताहरु किन जर्बजस्ती गरिरहेका छन् । यो घटना हेर्दा नेपालका नेताहरु नेपाली जनताको मर्म भावना र योजनामा केही पनि काम गदैनन् भन्ने देखिन्छ । कुनै कुनै बेला नेपालका नेताहरु बिदेशी शक्तिवात चल्छन् भन्थे यो घटनाले त्यस्तै त्यस्तै आशंका गर्ने ठाउँ बनाएको छ । जम्मा एउटा जिल्लाको सजिलोको लागि १२ वटा जिल्लालाई अप्ठ्यारो पार्नेगरी काम भएको छ । यो घटनाले सुतेका नेपालीहरुलाई बिउझाई दिएको छ । यो समाचार तयार पार्दासम्म काठमाडौं लगायत जिल्लाहरुमा ३ न. प्रदेशका जनताहरु ठाउ ठाउमा जम्मा हुदै गरेको देखिदैछ । भोलि राजधानी हेटौडा तोकिएको खण्डमा तुरुन्तै एक्सनका कार्यक्रम हुने निश्चित देखिन्छ । यि सवै कुराहरुलाई ध्यान दिएर वर्तवानको सरकारले हुईप जारी गरेको बिषय फिर्ता लिई जनभावनाको कदर गर्नु उचित हुन्छ । बेलैमा बुद्धि नपु¥याए कालो टिका लगाउने दिन धेरै टाढा नहुन सक्छ । जनता जनार्दन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend