logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आज पृथ्वी जयन्तीको अवसरमा बिभिन्न कार्यक्रम गरी मनाइदै


  • जन आकाश
  • आइतबार, पुष २७ २०७६

काठमाडौं । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज बिभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइदै छ ।
गोर्खाली राजा नर भूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।यस अवसरमा बिभिन्न संघ संगठनहरुले आज बिभिन्न ठाउमा उनको स्मरण गदै अन्र्तक्रिया, ¥याली , कोणसभा गरिरहेका छन् । यसपटक त नेपाली सेनाले समेत गोर्खावाट पृथ्वि नारायण शाह मार्ग नाम दिएर फुल बोकी काठमाडौ ल्याई पृथ्वि नारायणको सालिकमा चढाउने तयारी गरेको छ पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।
पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ ।
यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टी, क्षत्रि समाज नेपाल, क्षेत्रि समाज राष्ट्रिय महासंघ साथसाथै धेरैवटा संगठनहरुले पोखरा, काठमाडौं भक्तपुर, ललितपुर, बुटवल, जनकपुर, बिराटनगर, नारायणघाढ, सुर्खेत देशका सवै क्षेत्रहरुमा एकीकरणका नायक पृथ्वि नारायणको स्मरण गदै विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् । नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदै छ
त्यस कार्यक्रममा नेपालका उच्चपदस्थ ब्याक्तित्वहरु उपस्थित हुने जानकारी नेपाली सेनाले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend