logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

माछापुच्छ्रे बैंक लि.को किसान कार्ड सेवा


  • जन आकाश
  • आइतबार, पुष २७ २०७६

काठमाडौं  माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्यले माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसंगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्र्तगत किसानहरुले रु.४ लाख सम्मको कृषि कर्जा किसान कार्ड मार्फत प्राप्त गर्नेछन् । पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसंग आबद्घ बाँके जिल्लाको खजुरा गा.पा.मा अवस्थित साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ । सो कृषि कर्जाको आवेदन तथा स्विकृति प्रकृया बैंकले के्रडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्ड मार्पmत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्न जनाईएको छ ।
बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरि आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको बताईएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु लगायत १३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर १७२ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको बैक हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend