logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवा र ओम्नी मोटर्स बीच सम्झौता


  • जन आकाश
  • सोमबार, पुष २८ २०७६

 



काठमाडौं आजव कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा. लि. बीच व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अनुसार ओम्नी मोटर्स प्रा. लि. मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा BharatBenz ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्न ेछन् । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्सप्रा. लि. को तर्फबाट निर्देशक उदयन काबराले हस्ताक्षर गरेका छन् ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend