जन आकाश
काठमाडौं नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक लि तथा देवःविकास बैंक लिमिटेडबीच आरटिजिएस – RTGS) प्रणाली सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र,मुक्तिनाथ विकास बैंक लि.कातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवःविकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदानगर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend