logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सानीखोला लेम्बा बेशी महोत्सव भव्य रुपमा सम्पन्न


  • जन आकाश
  • शनिबार, माघ ४ २०७६

काभ्रे काभ्रेको रोशी गाउँपालिकास्थित सानीखोला लेम्बा बेशी युथ क्लबको आयोजनामा भएको सानीखोला लेम्बा बेशी माघेसंक्रान्त्रि पहिलो महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपालमा माघे संक्रान्त्रि महोत्सव कार्यक्रम गर्ने तामाङ समुदायवाट सानीखोला लेम्बाबेशी युथ क्लब पहिलो बन्न सफल भएको छ । कार्यक्रम माघेसंक्रान्त्रिको अवसर पारेर गरेको भएपनि त्याहा बिभिन्न समुदायको नेपाली सांस्कृतिक झाकीसहित शुरु भएको कार्यक्रममा तामाङ, मगर, अन्य भेषभुषामा समेत सजिएर कलाकारहरु महोत्सवमा उपस्थित थिए ति कलाकारहरुलाई काभ्रेका युवा नेता तथा नेपाली काग्रेसका पुर्व संसद तिर्थ लामा, नेकपाका युवा नेता अमित लामा, गाउँपालिका जन प्रतिनिधिहरु लगायतले सांस्कृतिक टोलीहरुलाई उठेर स्वागत गरेका थिए । कार्यक्रम लेम्बा बेशी क्लबको अध्यक्ष श्री निर्मल लामाको सभापति, प्रमुख अतिथि पुर्व संसद तथा नेपाली कांग्रेसका नेता तिर्थ लामा, बिशेष अतिथिहरुमा नेकपाका युवा नेता अमित लामा,  अतिथिहरुमा स्थानिय गाउँपालिकाका वडाका जन प्रतिनिधिहरुको आतिथ्यमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।
कार्यक्रमलाइ सम्वोधन गदै  अतिथि तथा रोशी गाउँपालिकाका प्रतिनिधिहरुले सानीखोला लेम्बाबेशीमा यो राष्ट्रिय स्तरको कार्यक्रम गर्न सफल गराएको र सानीखोला लेम्बाबेशी युथ क्लबलाई धन्यवाद दिदै आउदा दिनमा गाउँपालिकाले समेत सहकार्य गरेर सामाजिक सदभाव सहितको भव्य कार्यक्रम गर्ने बताएका थिए ।



कार्यक्रमकाप्रमुख अतिथि समेत रहेका पुर्व संसद तथा नेपाली कांग्रेसका नेता तिर्थ लामाले काभ्रेका युवाहरुले गरेको यो राष्ट्रियस्तरको कार्यक्रम हो सामाजिक, सांस्कृतिकमा आधारित यस्ता कार्यक्रमहरुले नेपालमा सदभाव र एकता कायम गर्न कोशे ढुङगा सावित हुने बताएका थिए उनले नेपाली कांग्रेस सधै लोकतन्त्र र स्वतन्त्रको पक्षमा रहेको अहिले आउन लागेको सुचना प्रविधि विद्येयक नेपाली सञ्चार माध्यमहरुलाइ नि¥यन्त्रण गरी अहिलेको नेकपा सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका थिए ।
कार्यक्रममा ख्यातिप्रप्त राष्ट्रिय कलाकारहरुले दमदार प्रस्तुति दिएका थिए कार्यक्रमको सभापतित्व गरेका सानीखोला लेम्बा बेशी युथ क्लबका अध्यक्ष श्री निर्मल लामाले कार्यक्रमलाई सम्वोधन गदै सवैलाई धन्यवाद दिएका थिए हजारौको संख्यामा महोत्सवमा उपस्थित दर्शकले तालि बजाएर स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय परिकारहरु स्थानीय मौलिक परम्पराका शैलीमा महोत्सव अत्यन्तै भव्य भएको थियो ।
अतिथिहरुलाई आयोजकले भव्य स्वागत गरेको थियो साथसाथै कार्यक्रमको व्यवस्थापन राम्रो थियो केही कमि कमजोरी भएपनि समग्रमा कार्यक्रम सौहार्दा रुपमा सम्पन्न भएको थियो ।

अतिथिहरुलाई ३ किलोको माला
सानीखोला लेम्बावेशी युथ क्लवका युवाहरूले प्रमुख अतिथि तिर्थ बहादुर लामा र विशेष अतिथि अमित लामालाई ३ किलोको माला लगाएर सम्मान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend