logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली


  • जन आकाश
  • सोमबार, माघ ६ २०७६

 



काठमाडौं । ७७ दिन निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको सोमबार पुनर्बहाली भएको छ । डेढ महिना अघि सरकारकै आदेशमा अनियमितताको आरोप लगाउँदै छानविन भएपछि डेपुटी गभर्नर श्रेष्ठ छानवीनमा परेका थिए ।छानबिन समितिले गत मंसिर २४ गते राष्ट्र बैंक सञ्चालक समिति समक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो र राष्ट्र बैंकले मंसिर २५ गते सरकारलाई उक्त प्रतिवेदन बुझाएको थियो ।
गत पुस २८ गतेको मन्त्रिपरिषदले छानविन समितिको प्रतिवेदनका आधारमा श्रेष्ठ दोषी नदेखिएको भन्दै सफाइ दिने निणर्य गरेको थियो आजनै श्रेष्ठले बैकमा आफ्नो कार्यभार समालेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend